
२८ असोज, काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्नेको संख्या ५४ प्रतिशत कटेको छ ।
कांग्रेसको १४ औं महाधिवशेनमा ४७४३ महाधिवेशन प्रतिनिधि थिए । १३ औं महाधिवशेनबाट १४ औंमा स्वत: प्रतिनिधि भएका केन्द्रीय सदस्य, पार्टी परित्याग गरेका र मृत्य भएका प्रतिनिधिहरु घटाउँदा हाल कायम ४५५६ जना छन् ।
हाल कायम महाधिवशेन प्रतिनिधि मध्येबाट २४८७ जनाले विशेष महाधिवशेनको पक्षमा हस्ताक्षर गरेका छन् । उक्त अंक कायम प्रतिनिधिहरूमा ५४.५८ प्रतिशत हो । संकलित हस्ताक्षर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई केन्द्रीय कार्यालयमा बुझाउन लागिएको छ ।
महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको अग्रसरतामा भएको हस्ताक्षर संकलन गरिएको थियो । मंसिरभित्र नियमित महाधिवशेन हुन नसके विशेष महाधिवशेन गर्नुपर्ने दुई महामन्त्रीको तर्क छ ।
कांग्रेस विधान अनुसार ४० प्रतिशत महाधिवशेन प्रतिनिधिले हस्ताक्षर गरेर माग गरेको अवस्थामा विशेष महाधिवशेन आव्हान गर्नुपर्ने व्यवस्था छ ।
प्रतिक्रिया 4