+
+
Shares

कांग्रेसमा विशेष महाधिवेशन बोलाउन संकलित हस्ताक्षर भोलि बुझाइने

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २८ गते १७:२२

२८ असोज, काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशन बोलाउनका लागि संकलन गरिएको हस्ताक्षर भोलि बुझाइने भएको छ ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अग्रसरतामा भएको हस्ताक्षर संकलन बुधबार ३ बजे कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई केन्द्रीय कार्यालयमा बुझाउने भएको हो ।

मंसिरभित्र नियमित महाधिवशेन हुन नसके विशेष महाधिवशेन गर्नुपर्ने दुई महामन्त्री थापा र शर्माको तर्क छ ।

उनीहरूका अनुसार विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्नेको संख्या ५४ प्रतिशत कटेको छ ।

कांग्रेसको १४ औं महाधिवशेनमा ४७४३ महाधिवेशन प्रतिनिधि थिए । १३औं महाधिवशेनबाट १४औंमा स्वत: प्रतिनिधि भएका केन्द्रीय सदस्य, पार्टी परित्याग गरेका र मृत्य भएका प्रतिनिधिहरु घटाउँदा हाल कायम ४५५६ जना छन् ।

हाल कायम महाधिवशेन प्रतिनिधि मध्येबाट २४८७ जनाले विशेष महाधिवशेनको पक्षमा हस्ताक्षर गरेका छन् । उक्त अंक कायम प्रतिनिधिहरूमा ५४.५८ प्रतिशत हो ।

कांग्रेस विधान अनुसार ४० प्रतिशत महाधिवशेन प्रतिनिधिले हस्ताक्षर गरेर माग गरेको अवस्थामा विशेष महाधिवशेन आव्हान गर्नुपर्ने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?