+
+
Shares

यस्तो छ ठूला १० ब्रोकरको कारोबार

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २८ गते १८:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मंगलबार ठूला १० ब्रोकर कम्पनीमार्फत कुल ३ अर्ब ३६ करोड रुपैयाँको कारोबार भएको छ।
  • ठूला १० ब्रोकरको हिस्सा कुल कारोबारको ३४.५ प्रतिशत रहेको छ।
  • नेप्से परिसूचक १९.४३ अंकले घटेर २५२८ मा कायम भएको छ।

२८ असोज, काठमाडौं । मंगलबार ठूला १० ब्रोकर कम्पनीमार्फत कुल ३ अर्ब ३६ करोड रुपैयाँको कारोबार भयो ।

यो कारोबार रकममा ठूला १० ब्रोकरको हिस्सा ३४.५ प्रतिशत हो । १० ठूला ब्रोकरबाट आज कुल १ अर्ब १७ करोड रुपैयाँको धितोपत्र खरिद हुँदा १ अर्ब १५ करोडको बिक्री भएको छ ।

ठूला १० ब्रोकरमध्ये ५ मार्फत खरिद बढी भएको छ भने ५ मार्फत बिक्री बढी भएको छ । नासा, भिजन, सनी, त्रिशक्ति र भृकुटीमार्फत खरिद बढी भएको छ । त्यस्तै इम्पेरियल, अनलाइन, डायनामिक, श्रीहरि र सन सेक्युरिटिजमार्फत बिक्री बढी भएको छ ।

यस दिन नेप्से परिसूचक १९.४३ अंक घटेसँगै २५२८ मा कायम भएको छ । नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, सीईडीबी होल्डिङ्स, युनियन हाइड्रोपावर र शिवम् सिमेन्ट धेरै कारोबार भएका कम्पनी हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?