
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल सरकारका विभिन्न खातामा भदौ मसान्तसम्म २ खर्ब ५५ अर्ब ६१ करोड रुपैयाँ मौज्दात रहेको पाइएको छ।
- चालु आवमा भदौसम्म सरकारले १ खर्ब ८० अर्ब १७ करोड रुपैयाँ बराबर बजेट खर्च गरेको छ।
- प्रदेश सरकारहरूको कुल खर्च ४ अर्ब १२ करोड र स्रोत परिचालन २४ अर्ब २२ करोड रहेको छ।
२८ असोज, काठमाडौं । नेपाल सरकारका विभिन्न खातामा २ खर्ब ५५ अर्ब ६१ करोड रुपैयाँ बराबर रकम मौज्दात रहेको पाइएको छ ।
भदौ मसान्तसम्म नेपाल राष्ट्र बैंकका विभिन्न खातामा सो रकम रहेको छ । यसमा प्रदेश र स्थानीय सरकारको खातामा रहेको रकम समेत जोडिन्छ । गत आर्थिक वर्षसम्मको अन्तिमसम्म १ खर्ब ३० अर्ब ७३ करोड सञ्चिति रहेको थियो ।
चालु आवमा भदौसम्म सरकारले १ खर्ब ८० अर्ब १७ करोड रुपैयाँ बराबर बजेट खर्च गरेको छ ।
यसमध्ये चालु खर्च १ खर्ब १४ अर्ब १९ करोड, पूँजीगत खर्च ६ अर्ब ३५ करोड र वित्तीय व्यवस्थामा ५९ अर्ब ६३ करोड रुपैयाँ खर्च भएको छ । यस अवधिमा सरकारले १ खर्ब ५७ अर्ब ५३ करोड रुपैयाँ बराबर राजस्व संकलन गरेको देखिएको छ ।
यस अवधिमा प्रदेश सरकारहरूको कुल खर्च ४ अर्ब १२ करोड र स्रोत परिचालन २४ अर्ब २२ करोड रहेको छ । यसमा नेपाल सरकारले हस्तान्तरण नगरेको अनुदान र राजस्व बाँडफाँटको रकम १८ अर्ब ६१ करोड रुपैयाँ छ । प्रदेश सरकारहरूले आफ्नो राजस्व ५ अर्ब ६१ करोड रहेको छ ।
प्रतिक्रिया 4