+
+
Shares

सभामुखको आह्वानमा सर्वदलीय बैठक सुरु

सभामुख घिमिरेले संसद् विघटनबारे दलहरूको राय माग्न सर्वदलीय बैठक आयोजना गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २९ गते १०:१५

२९ असोज, काठमाडौं । सभामुख देवराज घिमिरेको आह्वानमा सर्वदलीय बैठक सुरु भएको छ । सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा बैठक जारी छ ।

सभामुख घिमिरेले संसद् विघटनबारे दलहरूको राय माग्न सर्वदलीय बैठक आयोजना गरेका हुन् ।

संसद पुनर्स्थापनाको माग लिएर सभामुख अदालत जानुपर्छ कि जानु पर्दैन सभामुखले दलहरूको धारणा लिन लागेका हुन् ।

विघटित प्रतिनिधि सभामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) थिए ।

जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी (नाउपा), जनमत पार्टी पनि रहेका थिए । सभामुखसँगको छलफलमा रास्वपा भने अनुपस्थित छ ।

दलहरूको धारणा लिएपछि पूर्वमहान्याधिवक्ताहरू, नेपाल बार र सर्वोच्च बारका पदाधिकारीसँग समेत छलफल गर्ने सभामुखको तयारी छ ।  पूर्वमहान्याधिवक्ताहरू, नेपाल बार र सर्वोच्च बारका पदाधिकारीसँग छुट्टाछुट्टै छलफल हुनेछ ।

प्रतिनिधि सभा विघटन विरुद्ध अदालत जाने सम्बन्धमा सभामुखलाई भने दुवै खाले सुझाव सरोकारवालाहरूले दिएका छन् । अब दलहरू, पूर्वमहान्याधिवक्ताहरू, नेपाल बार र सर्वोच्च बारका पदाधिकारीको धारणा लिएर निर्णय लिने सभामुखको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?