+
+
Shares

सभामुखले आयोजना गरेको सर्वदलीय बैठकमा रास्वपा अनुपस्थित

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २९ गते १०:२८
रास्वपाका नेता सन्तोष परियार

२९ असोज, काठमाडौं । सभामुख देवराज घिमिरेले आयोजना गरेको बसेको सर्वदलीय बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अनुपस्थित भएको छ ।

सभामुख घिमिरेले प्रतिनिधिसभा विघटनबारे दलहरूको राय माग्न सर्वदलीय बैठक आयोजना गरेका छन् । सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा अन्य दलका नेताहरूको सहभागितामा छलफल जारी छ । रास्वपाबाट भने कोही गएका छैनन् ।

रास्वपाका नेता सन्तोष परियारले पार्टीको सचिवालय बैठक बिहान ११ बजे नै भएकोले सभामुखले बोलाएको बैठकमा उपस्थित हुन नसकिएको बताए ।

‘पार्टी काम र पार्टीको बैठक नै भएकाले उपस्थित हुन नसक्ने जानकारी सभामुखलाई गराएको छु’ नेता परियारले भने ।

रास्वपाको सचिवालय बैठक पनि बिहान ११ बजे बस्दैछ । यसकारण पनि सभामुखले बोलाएको बैठकमा उपस्थित हुन नसकको रास्वपाले जनाएको छ । ‘प्रतिनिधि सभा विघटनबारे हाम्रो कुरा आइसकेको छ’ नेता परियारले भने ।

रास्वपाले संसद् पुनर्स्थापनाको माग गर्नेतिर अगाडि नबढ्ने प्रष्ट गरिसकेको छ ।

रास्वपाका प्रवक्ता मनिष झा आफ्नो पार्टी चुनावको तयारीमा जुटिसकेको बताउँछन् । उनी भन्छन्, ‘२३ भदौको आन्दोलनमा जुन तहमा मानवीय क्षति भयो, लगत्तै त्यही दिन सचिवालय बैठक बसेर हामीले फ्रेस म्यान्डेडमा जानुपर्छ भनेका थियौं । पछि केन्द्रीय समितिबाट यही निर्णय गरेका छौं ।’

७ असोजमा बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले आगामी २१ फागुनको चुनावको तयारीका लागि बाचा पत्र बनाउने भनेर उपसभापति डा। स्वर्णिम वाग्लेको नेतृत्वमा बाचापत्र लेखन समिति नै बनाएको छ ।

प्रवक्ता झा थप्छन्, ‘हामी चुनावको तयारीमा लागिसक्यौं । बाचा पत्र बनाउने काम भइराखेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?