+
+
Shares

सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, घट्यो चाँदी

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २९ गते ११:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार सुनको भाउ प्रतितोला २ लाख ४८ हजार ९ सय रुपैयाँ तोकेको छ, जुन अघिल्लो दिनभन्दा ४ सय रुपैयाँ बढी हो।
  • शुक्रबारयता सुनको मूल्यले दिनदिनै नयाँ रेकर्ड बनाएको छ र गत शुक्रबार सुन प्रतितोला २ लाख ३५ हजार रुपैयाँमा कारोबार भएको थियो।
  • चाँदीको भाउ बुधबार ८५ रुपैयाँ घटेर प्रतितोला ३ हजार २४० रुपैयाँमा झरेको छ, जबकि विश्वभर सुनको माग बढ्दै मूल्य बढिरहेको छ।

२९ असोज, काठमाडौं । दिनदिनै नयाँ रेकर्ड बनाइरहेको सुन बुधबार तोलामा ४ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनको भाउ प्रतितोला २ लाख ४८ हजार ९ सय रुपैयाँ तोकेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ४ सय बढी हो । अघिल्लो दिन २ लाख ४८ हजार ५ सयमा सुनको कारोबार भएको थियो ।

शुक्रबारयता सुनको मूल्यले दिनदिनै नयाँ रेकर्ड बनाएको छ । गत शुक्रबार सुन प्रतितोला २ लाख ३५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको भाउ भने उच्च मूल्य रेकर्डबाट आज घटेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ३२५ रुपैयाँमा कारोबार भएको चाँदी आज ८५ रुपैयाँ घट्दै ३ हजार २४० मा झरेको महासंघले जनाएक छ ।

पछिल्लो समय विश्वभरका लगानीकर्ताले सुनको माग बढाउँदा मूल्य बढिरहेको छ । पछिल्ला महिना सुनको लगानीमा उच्च प्रतिफल देखिएसँगै विश्वभरका ठूला लगानीकर्तामा यसमा आकर्षित भएका छन् । नेपाल र भारतमा दिपावलीका कारण भौतिक खुद्रा माग समेत बढेको छ । विश्वका केन्द्रीय बैंकहरुले कसिलो रुपमा सुन होल्ड गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?