+
+
Shares

देश प्रतिक्रान्तितर्फ गएको छ : ओली

एमालेका अध्यक्ष ओलीले भने, ‘आज देश अप्रत्याशित रूपमा प्रतिक्रान्तिको घटना घटेको छ । त्यसबाट प्रतिक्रान्ति तर्फको, यदि हामीले प्रभावकारी ढंगले रोक्न सकेनौं भने देश त्यतातर्फ धकेलिएको छ ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २९ गते १२:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश प्रतिक्रान्तितर्फ गएको र त्यसलाई रोक्न नसके देश बर्बादीतर्फ धकेलिने बताएका छन्।
  • ओलीले देशलाई लोकतान्त्रिक, जनपक्षीय, शान्तिपूर्ण, सुशासनयुक्त र विकास उन्मुख बाटोमा फर्काउनुपर्ने बताए।
  • उनले एमाले राम्रो काम गरेको कारण सबैभन्दा बढी निसानामा परेको र प्रहारको निसाना बन्नुको कारण नीति विरोधी नभई राम्रा नीतिहरू भएको उल्लेख गरे।

२९ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा प्रतिक्रान्तितर्फ गएको बताएका छन् ।

ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा बुधबारबाट सुरु भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले भने, ‘आज देश अप्रत्याशित रूपमा प्रतिक्रान्तिको घटना घटेको छ । त्यसबाट प्रतिक्रान्ति तर्फको, यदि हामीले प्रभावकारी ढंगले रोक्न सकेनौं भने देश त्यतातर्फ धकेलिएको छ ।’

उनले देश बर्बादीतर्फ धकेलिएको बताए । उनले भने, ‘यस अवस्थालाई अविलम्ब लोकतान्त्रिक, जनपक्षीय, शान्तिपूर्ण, सुशासनयुद्ध, भ्रष्टाचारमुक्त र विकास उन्मुख शान्तिपूर्ण बाटोमा फर्काउनुपर्नेछ । अगाडि लानुपर्नेछ ।’

ओलीले राम्रो काम गरेको कारण एमाले सबैभन्दा बढी निसानामा परेको बताए ।

‘हामी प्रहारको अरूभन्दा बढी निसाना भएका छौं’ उनले भने, ‘किन निसाना भएका छौं ? हामीले नराम्रो काम गरेर? होइन । हामीले नराम्रा नीति लिएर ? हाम्रा राष्ट्र देशका नीति विरोधी भएर हो र ? होइन । हाम्रा नीतिहरू राम्रा भएर ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?