
News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं उपत्यकाको आकाश पछिल्ला केही दिनदेखि सफा देखिएको छ र मनसुन बाहिरिएपछि पारिलो घाम लागेको छ।
- काठमाडौं उपत्यकाबासीले उत्तरी क्षितिजमा फैलिएको गणेश, लाङटाङ र गौरीशंकर हिमश्रृंखला स्पष्ट रूपमा अवलोकन गरेका छन्।
- मौसमविद्हरूले मौसम सफा रहेकाले यस्ता हिमाल दृश्य केही दिनसम्म निरन्तर देखिने अनुमान गरेका छन्।
३० असोज, काठमाडौं। काठमाडौं उपत्यकाको आकाश पछिल्ला केही दिनदेखि सफा देखिएको छ । मनसुन बाहिरिएसँगै बादल हटेपछि पारिलो घाम लागेको छ । र, काठमाडौं उपत्यकाबासीले उत्तरी क्षितिजमा फैलिएको हिमश्रृंखला स्पष्ट रूपमा अवलोकन गर्न पाएका छन् ।
नीलो आकाश र सेता हिमालको मनमोहक दृश्यले शहरको रूप नै बदलिएको अनुभूति दिलाएको छ ।
गणेश, लाङटाङ र गौरीशंकर हिमालहरू उपत्यकाका विभिन्न भागबाट स्पष्ट देखिन्छन् । मौसम सफा रहेकाले यस्ता दृश्य केही दिनसम्म निरन्तर देखिने मौसमविद्हरूको अनुमान छ ।
यो मनमोहक दृष्यलाई अनलाइनखबरकर्मी विकास श्रेष्ठले क्यामेरामा कैद गरेका छन् ।
हेर्नुहोस् केही तस्वीर –
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4