+
+
Shares

मोहन थापाको ‘जब यादले सताउँछ’ म्युजिक भिडियो बजारमा

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २९ गते १५:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गायक मोहन थापाले आफ्नो पहिलो मौलिक गीत 'जब यादले सताउँछ' नेपाली संगीत बजारमा सार्वजनिक गरेका छन्।
  • गीतमा कुमार जोशीका शब्दमार्फत जीवनका भावनात्मक उतारचढाव र मायाका सम्झना प्रस्तुत गरिएको छ।
  • गीतको म्युजिक भिडियो नितेश लामाले निर्देशन गरेका छन् र यो युट्युब, स्पटिफाई लगायत डिजिटल प्लेटफर्ममा उपलब्ध छ।

२९ असोज, काठमाडौं । गायक मोहन थापाले आफ्नो पहिलो मौलिक गीत ‘जब यादले सताउँछ’ लाई नेपाली संगीत बजारमा सार्वजनिक गरेका छन् ।

म्युजिक भिडियोसहित रिलिज भएको यो गीतले नेपाली संगीतप्रेमीबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ । उनको गीतमा जीवनका भावनात्मक उतारचढाव, मायाका सम्झना र वियोगका पीडालाई कुमार जोशीका शब्दमार्फत प्रस्तुत गरिएको छ ।

यस गीतलाई ज्योति भण्डारीले निर्माण गरेका छन् । पेशाले १५ वर्षदेखि मानव संसाधन क्षेत्रमा संलग्न थापाले संगीतप्रति आफ्नो जीवनभरको चाहना यस गीतमार्फत व्यक्त गरेका छन् । थापा भन्छन्, ‘यो गीत मेरो मुटु नजिक छ र मेरो भावनालाई शब्द र स्वरमार्फत सबैसामु पुर्‍याउने प्रयास हो ।’

भिडियो निर्माण, निर्देशन, क्यामेरा सञ्चालन तथा सम्पादन नितेश लामाले गरेका छन् । भिडियोमा कलाकार दिपेन्द्र खत्री र अनिशा ओलीको भावनात्मक अभिनय, मेकअपमा एन्जेला लामा र सहयोगमा गीतलाई अझ जीवन्त बनाएको छ ।

संगीत संयोजनमा विक्रम कार्की, कोरसमा बिनोद श्रेष्ठ, बाँसुरीमा नरेन्द्र बिक्रम राई, र रेकर्डिङ्ग भेनस रेकर्डिंग स्टुडियोमा गरिएको छ । भूषण गिरी, शीतल चौतारी रेस्टुरेन्ट (नयाँबानेश्वर), सबिन राजभण्डारी, मइते गुरुङ, राजेन्द्र गुरुङ, धन बहादुर शाही लगायतले महत्वपूर्ण सहयोगी भूमिका निर्वाह गरेका छन् । गीत अहिले युट्युब र स्पटिफाई र अन्य डिजिटल प्लेटफर्महरूमा उपलब्ध छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?