+
+
Shares

तीन मिनेटमा आफ्ना कुरा नसकिएपछि सँगै लिखित पनि बुझाउँदै एमाले नेताहरू

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ३० गते १४:४३

३० असोज, काठमाडौं । नेकपा एमालेको केन्द्रीय समिति बैठक हिजो (बुधबार) देखि जारी छ । ललितपुरको एक होटलमा जारी बैठकमा अहिले नेताहरूले आफ्नो धारणा राखिरहेका छन् ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि धारणा राख्न सदस्यहरूलाई ३ मिनेटको समय छुट्याइएको छ ।

विगतमा केन्द्रीय सदस्यहरूको समूह विभाजन गरी धारणा राख्ने दिने गरिए पनि यसपटक समूह विभाजन गरिएको छैन । यसैबीच आफ्ना कुराहरू तीन मिनेटमा नसकिने भन्दै नेताहरूले लिखित पनि बुझाइरहेका छन् ।

‘धेरैजसो नेताहरूले आफ्ना कुरा तोकिएको समयमा नसकिएपछि लिखित पनि बुझाउनुभएको छ,’ बैठक स्रोतले भन्यो । उद्घाटन समारोहमा अध्यक्ष ओलीको सम्बोधनपछि राजनीतिक प्रतिवेदन पेस भएको थियो ।

केन्द्रीय सदस्यहरूले धारणा राखिसकेपछि अध्यक्ष ओलीले जवाफ दिनेछन् । अध्यक्ष ओलीले आगामी मंसिर २७, २८ र २९ गते पोखरामा एघारौं महाधिवेशन गर्ने प्रस्ताव गरेका छन् ।

यसबारे पनि केन्द्रीय कमिटीले निर्णय लिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?