
News Summary
Generated by OK AI. Editorially reviewed.- सगरमाथाको पहिलो सफल आरोहण दलका सदस्य कान्छा शेर्पा ९२ वर्षको उमेरमा काठमाडौँ कपनस्थित निवासमा निधन भएको छ।
- सन् १९५३ को सगरमाथा आरोहणमा एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सगरमाथा शिखर आरोहण गरेका थिए।
- कान्छा शेर्पा दुई दशकसम्म पर्वतारोहण क्षेत्रमा काम गरेका थिए र सो आरोहण दलका एकमात्र जीवित सदस्य थिए।
३० असोज, काठमाडौँ। सगरमाथाको पहिलो सफल आरोहण दलका सदस्य कान्छा शेर्पाको ९२ वर्षको उमेरमा निधन भएको छ ।
सन् १९५३ को सगरमाथा आरोहणमा एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सगरमाथा शिखर आरोहण गरेका थिए ।
उक्त आरोहण दलमा भरियाका रूपमा संलग्न शेर्पा आठ हजार मिटरमाथिसम्म पुगेका थिए ।
उनले दुई दशकसम्म पर्वतारोहण क्षेत्रमा काम गरे। शेर्पा हालसम्म सो आरोहण दलको एकमात्र जीवित सदस्यका रूपमा छन् ।
उनको आज काठमाडौँ कपनस्थित निवासमा निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4