
News Summary
Generated by OK AI. Editorially reviewed.- कृषि केन्द्रित गेम रियालिटी शो ‘रिभोल्युशनरी एग्रिकल्चर वार’ बिहीबारदेखि हिमालय टेलिभिजन र ओएसआर युट्युबमा प्रसारण सुरु भएको छ।
- अभिनेता राजेश हमालले होस्ट गरेको शोले कृषकलाई सशक्त बनाउने र कृषि व्यवसायलाई सम्मानित पेशा बनाउन मद्दत गर्ने उद्देश्य राखेको छ।
- निर्देशक शैलेश कँडेलका अनुसार शोले कृषिप्रति समाजको दृष्टिकोण सकारात्मक बनाउन र युवालाई आधुनिक कृषि पेशातर्फ आकर्षित गर्न सहयोग पुर्याउनेछ।
काठमाडौं । कृषि केन्द्रित गेम रियालिटी शो ‘रिभोल्युशनरी एग्रिकल्चर वार’को प्रसारण विहीबारदेखि सुरु भएको छ । विहिबार राति ८ बजे हिमालय टेलिभिजन र राति ८ः१५ बजे ओएसआर रियालिटी युट्युब च्यानलमा शो स्ट्रिमिङ भए ।
बुधबार प्रिमियर शो आयोजना गरिएको थियो । कार्यक्रमको होस्टको रुपमा अभिनेता राजेश हमाल छन् । निर्देशन शैलेश कँडेलले गरेका हुन् ।
कँडेलका अनुसार, कृषकलाई सशक्त बनाउने, कृषि व्यवसायलाई सम्मानित पेशाको रूपमा स्थापित गर्ने र कृषिप्रति समाजको दृष्टिकोण सकारात्मक बनाउन मद्दत पुर्याउनु शोको उद्देश्य हो ।
प्रस्तोता हमालले शोले देशको अर्थतन्त्रमा टेवा पुर्याउने, कृषकलाई प्रोत्साहन दिलाउने र युवालाई आधुनिक कृषि पेशातर्फ आकर्षित गर्ने विश्वास व्यक्त गरे ।
हमालका अनुसार, शोले दर्शकलाई कृषिकर्मको महत्व, चुनौती र सम्भावनाबारे जानकारीसहित मनोरञ्जन र प्रेरणा प्रदान गर्नेछ । शोमा किसान र कृषि प्राविधिक गरी दुई समूहका प्रतिस्पर्धीबीच प्रतिस्पर्धा देख्न सकिनेछ ।
शोका निर्माताका अनुसार, ‘रिभोल्युसनरी एग्रिकल्चर वार’ नेपाली टेलिभिजनमा नयाँ ढंगको प्रयोगका रूपमा प्रस्तुत भएको छ, जसले कृषि क्षेत्रलाई प्रविधि, प्रतिस्पर्धा र मनोरञ्जनसँग जोड्ने लक्ष्य राखेको छ ।
प्रतिक्रिया 4