
३१ असोज, काठमाडौं । जेनजी शहीद परिवार संघर्ष समितिले आफूहरूले मन्त्रीका लागि कुनै पनि व्यक्तिलाई सिफारिस नगरेको बताएको छ ।
संघर्ष समितिका संयोजक भोजविक्रम थापाले विज्ञप्ति जारी गर्दै शहीद परिवारका तर्फबाट मन्त्री सिफारिस गरिएको समाचार गलत भएको भन्दै खण्डन गरेका छन् ।
थापाले यही असोज २९ गतेको बैठकले समितिको आधिकारिक प्रतिनिधिका रुपमा कसैलाई पनि मन्त्रिपरिषद्मा नपठाउने निर्णय गरेको जानकारी गराएका छन् ।
उनले शहीद परिवारलाई राजनीतिक भागबन्डामा सामेल नगराइदिनसमेत आग्रह गरेका छन् । मन्त्रिपरिषद् गठन गर्ने अधिकार प्रधानमन्त्रीकै भएको उल्लेख गर्दै थापाले विज्ञताका आधारमा जसलाई मन्त्री बनाए पनि आफूहरूलाई आपत्ति नहुने बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4