+
+
WC Series
Nepal
0/0
VS
Samoa
0/0
Shares

हुम्लाकी टासी ल्हाजोममाथिको टिप्पणीप्रति आदिवासी जनजाति आयोगको आपत्ति

आयोगले यस्ता टिप्पणीले व्यक्तिको आत्मसम्मान र समग्र आदिवासी जनजाति समुदायमाथि आघात पुग्ने भन्दै तत्काल रोक्न आग्रह गरेको छ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ३१ गते १२:५७
आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापामगर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आदिवासी जनजाति आयोगले हुम्ला जिल्लाको नाम्खा गाउँपालिका–६, लिमीकी टासी ल्हाजोम र उनको परिवारबारे भएका आधारहीन टिप्पणीप्रति गम्भीर आपत्ति जनाएको छ।
  • आयोगका अध्यक्ष रामबहादुर थापामगरले हिमाली क्षेत्रको आदिवासी समुदाय भएकै कारण टासीको वंशज र नागरिकतामाथि प्रश्न उठाउने प्रवृत्तिले सामाजिक सद्भाव बिगार्न सक्ने उल्लेख गरे।
  • आयोगले राष्ट्रिय एकता र समुदायबीचको सम्बन्धमा असर नपर्ने गरी विचार अभिव्यक्ति गर्नुपर्ने संविधानको मर्म स्मरण गराउँदै यस्ता टिप्पणी तत्काल बन्द गर्न सबैलाई अपिल गरेको छ।

३१ असोज, काठमाडौं । आदिवासी जनजाति आयोगले हुम्ला जिल्लाको नाम्खा गाउँपालिका–६, लिमीकी टासी ल्हाजोम र उनको परिवारबारे सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भएका आधारहीन टिप्पणीप्रति गम्भीर आपत्ति जनाएको छ।

आयोगले यस्ता टिप्पणीले व्यक्तिको आत्मसम्मान र समग्र आदिवासी जनजाति समुदायमाथि आघात पुग्ने भन्दै तत्काल रोक्न आग्रह गरेको छ।

आयोगका अध्यक्ष रामबहादुर थापामगरद्वारा जारी प्रेस विज्ञप्तिमा हिमाली क्षेत्रको आदिवासी समुदाय भएकै कारण टासीको वंशज र नागरिकतामाथि प्रश्न उठाउने प्रवृत्तिले सामाजिक सद्भाव र समुदायबीचको सु–सम्बन्ध बिगार्न सक्ने उल्लेख छ।

नेपालको संविधानको धारा १७ ले विचार र अभिव्यक्ति स्वतन्त्रताको हक दिए पनि यो अधिकार प्रयोग गर्दा राष्ट्रिय एकता र विभिन्न समुदायबीचको सम्बन्धमा असर नपर्ने गरी गर्नुपर्ने संविधानको मर्म रहेको आयोगले स्मरण गराएको छ।

आयोगले आधार र प्रमाणबिना व्यक्ति वा समुदायमाथि टिप्पणी गर्ने कार्यले मुलुकको हितमा नकारात्मक असर पार्ने भन्दै यस्ता गतिविधि तत्काल बन्द गर्न सम्बन्धित सबैलाई अपिल गरेको छ।

साथै, सामाजिक सद्भाव कायम राख्न राज्यका जिम्मेवार निकायलाई समयमै आवश्यक कदम चाल्न अनुरोध गरेको छ।

हेर्नुहोस् आयोगको विज्ञप्ति :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?