
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री सुशीला कार्कीले आज कूटनीतिक निकायका प्रमुखहरूसँग नेपालको समसामयिक अवस्था र प्रतिनिधि सभा निर्वाचनबारे छलफल सुरु गरेकी छिन्।
- बैठकमा नेपालस्थित सबै कूटनीतिक निकायका प्रमुख र विदेशी राजदूतहरू सहभागी छन् र २१ फागुनमा हुने निर्वाचनबारे परामर्श हुनेछ।
- प्रधानमन्त्री कार्कीले नियुक्ति पछि पहिलो पटक यस्तो बैठक बोलाएकी हुन् र निर्वाचनको वातावरण बनाउन चुनौती रहेको छ।
३१ असोज, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज कूटनीतिक निकायहरूसँग छलफल थालेकी छिन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेर अघिबाट छलफल चलिरहेको छ ।
नेपालको वर्तमान अवस्थाबारे ‘ब्रिफिङ’ गर्न उनले कूटनीतिक निकायका प्रमुख एवं प्रतिनिधिहरूको बैठक बोलाइएको हो । बैठकमा नेपालस्थित सबै कूटनीतिक निकायका प्रमुखहरू एवं नेपालस्थित विदेशी राजदूतहरू सहभागी छन् ।
बैठकमा नेपालको समसामयिक अवस्थाका साथै अन्तरिक सरकारले २१ फागुनमा तोकेको प्रतिनिधि सभा निर्वाचनलगायतका बारेमा छलफल, परामर्श र ब्रिफिङ हुनेछ । प्रधानमन्त्री नियुक्त भइसकेपछि प्रधानमन्त्री कार्कीले यसप्रकारको बैठक पहिलो पटक बोलाएकी हुन् ।
मिति नजिकिँदै गर्दा प्रधानमन्त्री कार्कीलाई निर्वाचनको वातावरण बनाउन चुनौती छ । यसअघि निर्वाचन आयोगले भने राजनीतिक दलहरुसहित छलफल गरेको थियो ।
तर, सरकारका तर्फबाट भने निर्वाचनको वातावरण बनाउनका लागि घनीभूत परामर्श हुन नसकेको भन्दै आलोचना भइरहेको छ ।
जेनजी आन्दोलनपछि प्रधानमन्त्री नियुक्ति भएकी कार्कीले संसद विघटन गरेपछि निर्वाचन घोषणा भएको थियो ।
प्रतिक्रिया 4