+
+
WC Series
पोखरा एभेन्जर्स 2025
69/4 (10.2)
VS
५८ बलमा ९७ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

प्रधानमन्त्रीको ब्रिफिङ- भ्रष्टाचारीमाथि अभियोग चलाउन फाइल खोलेका छौं

‘संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना कार्यहरूका लागि सबैभन्दा बढी फौज पठाउने देश हुनुमा हामीलाई गर्व छ,’ प्रधानमन्त्री कार्कीले भनेकी छिन्, ‘यो विश्व शान्तिमा हाम्रो सामान्य तर अर्थपूर्ण योगदान हो ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ३१ गते १५:१५

३१ असोज, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले देशमा जरो गाडेर फैलिएका भ्रष्टाचारमाथि अभियोग चलाउन फाइलहरू खोलेर काम थालिएको बताएकी छिन् ।

शुक्रबार विभिन्न कूटनीतिक निकायका प्रमुख र राजदूतहरूलाई ब्रिफिङ गर्ने क्रममा उनले यस्तो बताएकी हुन् ।

‘हामीले पारदर्शितालाई बढवा दिन र सार्वजनिक कोषको दुरुपयोगका बाटाहरू बन्द गर्न राष्ट्रिय बजेटलाई संशोधन गरेका छौं र ज्यादै फैलिएका भ्रष्टाचार र भ्रष्टाचारीमाथि अभियोग चलाउन फाइलहरू खोलेका छौं,’ उनले भने ।

वर्तमान सरकारले जवाफदेहीता सुनिश्चित गर्न तत्काल कदमहरू चालिरहेको उनले ब्रिफिङको क्रममा भनेकी छिन् ।

‘संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना कार्यहरूका लागि सबैभन्दा बढी फौज पठाउने देश हुनुमा हामीलाई गर्व छ,’ प्रधानमन्त्री कार्कीले भनेकी छिन्, ‘यो विश्व शान्तिमा हाम्रो सामान्य तर अर्थपूर्ण योगदान हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?