
१ कात्तिक, बुटवल । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले रुपन्देहीमा संगठन विस्तार गरेको छ ।
बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीकी केन्द्रीय सदस्यबाट राजीनामा दिएकी बुटवलकी सूशीला पुलामीमगर श्रम संस्कृति पार्टीको जिल्ला अध्यक्ष बनेकी छन् ।
उक्त पार्टीको जिल्ला समितिको उपाध्यक्ष केशव न्यौपाने, सचिव सुगम राई, कोषाध्यक्ष शिशिर घर्तिमगर र सहसचिवमा विमला कुँवर चयन भएको सचिव सुगम राईले जानकारी दिए ।
यस्तै उक्त पार्टीको बुटवल उपमहानगर समिति पनि चयन भएको छ । उपमहानगर अध्यक्षमा जेन जी पुस्ताबाट विजय विश्वकर्मा चयन भएको पार्टीले जनाएको छ ।
उपाध्यक्षमा बाघबहादुर बुढा,सचिवमा सुजन कुँवर, कोषाध्यक्षमा विराज श्रेष्ठ र सहसचिवमा शैलेन्द्र सुनार चयन भएका छन् ।
जिल्ला र नगर समितिमा बाँकी पदपूर्ति आवश्यकता अनुसार पछि गरिने उक्त पार्टीका तुलविर दर्लामी मगरले बताए ।
जिल्ला र नगर कार्यसमिति घोषणा सभापछि उनीहरुले बुटवल उपमहानगरपालिका ९ स्थित बसपार्क बाहिर सार्वजनिक स्थलमा सरसफाइ गरेका छन् ।
हर्क साम्पाङले घोषणा गरेको यो पार्टी निर्वाचन आयोगमा दर्ताकै प्रक्रियामा रहेको छ ।
प्रतिक्रिया 4