+
+
Shares

इजरायली आक्रमणबाट गाजामा एकै परिवारका ११ जनाको मृत्यु

गाजा क्षेत्रमा इजरायल र हमासबीच युद्धविराम भएपछिको यो सबैभन्दा घातक घटना हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २ गते ७:०२
इजरायलको आक्रमणबाट ध्वस्त गाजा क्षेत्र

२ कात्तिक, काठमाडौं । गाजाको उत्तरी क्षेत्रमा इजरायली ट्यांकबाट गोली चल्दा ११ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरु एकै परिवारका सदस्य रहेको हमास प्रशासित सिभिल डिफेन्सले जनाएको छ ।

सिभिल डिफेन्सका अनुसार यो घटना शुक्रबार रातिको हो । गाजा शहरको जायतुन क्षेत्रमा एकै परिवारका सदस्यहरु बस चढेर आफ्नो घरको अवस्था हेर्न जाँदै गरेका बेला इजरायली ट्यांकबाट गोली चलेको थियो ।

यो गाजा क्षेत्रमा इजरायल र हमासबीच युद्धविराम भएपछिको सबैभन्दा घातक घटना हो ।

इजरायली सेनाले संदिग्ध गाडीमाथि गोली चलाएको स्वीकार गरेको छ । उसले पहेँलो रेखा पार गर्न खोजेपछि गोली चलाएको जनाएको छ ।

पहेँलो रेखाले इजरायल र गाजा क्षेत्रलाई छुट्याउँछ, जसलाई इजरायलले आफ्नो इलाका मान्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?