News Summary
Generated by OK AI. Editorially reviewed.- रोनाल्ड अराउजोले इन्जुरी टाइममा निर्णायक गोल गरेपछि बार्सिलोनाले ला लिगामा जिरोनालाई २-१ ले पराजित गरेको छ।
- बार्सिलोनाले ९ खेलबाट २२ अंक जोडेर ला लिगा अंकतालिकामा शीर्ष स्थानमा उक्लेको छ।
- एट्लेटिको मड्रिडले ओसासुनालाई १-० ले पराजित गरी चौथो स्थानमा उक्लेको छ र रियल बेटिससँग भियारियलले २-२ को बराबरी खेलेको छ।
२ कात्तिक, काठमाडौं । रोनाल्ड अराउजोले इन्जुरी टाइममा निर्णायक गोल गरेपछि बार्सिलोनाले ला लिगामा शनिवार राती जिरोनालाई २-१ ले पराजित गरेको छ ।
यो जितपछि बार्सिलोना अंकतालिकामा शीर्ष स्थानमा उक्लेको छ । बार्सिलोना ९ खेलबाट २२ अंक जोडेर शीर्षमा उक्लेको हो ।
एक खेल कम खेलेको रियल मड्रिड २१ अंकसहित दोस्रो स्थानमा छ ।
घरेलु मैदान स्टाडियो ओलम्पिक लुइस कोम्पनीजमा पेड्रीले १३औं मिनेटमा लामिन यामलको पासमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । तर त्यसको सात मिनेटपछि नै जिरोनाका एक्सल विटसलले बराबरी गोल फर्काए ।
बराबरीतर्फ अग्रसर भइरहेको खेलमा बार्सिलोनाका लागि अराउजोले इन्जुरी टाइमको तेस्रो मिनेटमा फ्रेन्की डे जोङको पासमा निर्णायक गोल गरे । अराउजो ८२औं मिनेटमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका थिए ।
यस्तै ओसासुनालाई १-० ले पराजित गर्दै एट्लेटिको मड्रिड चौथो स्थानमा उक्लेको छ । एट्लेटिकोका लागि थियागो अलमाडाले ६९औं मिनेटमा निर्णायक गोल गरे । जितपछि एट्लेटिको९ खेलबाट १६ अंक जोडेर चौथो स्थानमा उक्लेको हो ।
यसैगरी रियल बेटिससँग २-२ को बराबरीमा रोकिएको भियारियल १७ अंकसहित तेस्रो स्थानमा छ ।
प्रतिक्रिया 4