News Summary
Generated by OK AI. Editorially reviewed.- एर्लिङ हालान्डले दुई गोल गरेपछि म्यान्चेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा एभर्टनलाई २-० ले हराएको छ।
- सिटीले ८ खेलमा १६ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ भने एभर्टन ११ अंकसहित १०औं स्थानमा छ।
- आर्सनलले फुलहामलाई १-० ले र चेल्सीले नटिङहाम फरेस्टलाई ३-० ले हराएको छ।
२ कात्तिक, काठमाडौं । एर्लिङ हालान्डले दुई गोल गरेपछि इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले एभर्टनमाथि सहज जित निकालेको छ ।
घरेलु मैदान इतिहादमा भएको खेलमा सिटीले एभर्टनलाई २-० गोलअन्तरले हराएको हो । हालान्डले ५८औं र ६३औं मिनेटमा गोल गरे ।
जितपछि सिटी ८ खेलमा १६ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । एभर्टन ११ अंकसहित १०औं स्थानमा छ ।
गएराति नै भएको अर्को खेलमा आर्सनलले फुलहामलाई १-० ले पराजित गरेको छ भने चेल्सीले नटिङहाम फरेस्टलाई ३-० ले हरायो ।
प्रतिक्रिया 4