
२ कात्तिक, काठमाडौं । गायक बाबुल गिरीलाई प्रहरीले बोलाएर सोधपुछ सुरु गरेको छ ।
शनिबार गिरीको अनामनगरस्थित स्टुडियोमा एक युवतीले आत्मदाहको प्रयास गरेपछि प्रहरीले उनलाई कार्यालयमा बोलाएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार केही सोधपुछका लागि उनलाई बोलिएको हो । उनका अनुसार शनिबार नितु पौडेलले गिरीको स्टुडियोमा आत्मदाहको प्रयास गरेकी थिइन् ।
त्यही घटनामा सोधपुछका लागि उनलाई बोलाइएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4