+
+
Shares

नोबेल मेडिकल कलेजमा पनि नर्सहरूको आन्दोलन सुरु

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २ गते १३:२३
२ कात्तिक, विराटनगर । न्यूनतम तलब वृद्धिको माग गर्दै विराट शिक्षण अस्पतालपछि नोबेल मेडिकल कलेजका नर्सहरूले पनि आन्दोलन सुरु गरेका छन् ।

शनिबार बुढीगंगा गाउँपाालिका-२ मा रहेकाे विराट मेडिकल कलेजका नर्सिङ स्टाफ काम छाडेर आन्दोलनमा उत्रिएका थिए । आइतबार नोबेल मेडिकल कलेज विराटनगरमा पनि नर्सले आन्दोलन सुरु गरेका हुन् ।

शनिबार आन्दोलनका कारण विराटको उपचार सेवा अस्तव्यस्त भएको थियो । विराट मेडिकल कलेजमा आइतबार पनि नर्सको आन्दोलन जारी छ । जिल्ला प्रशासन कार्यालय माेरङमा दुई पक्षीय छलफल जारी छ ।
नोबेलका नर्सले आइतबार बिहानदेखि आन्दोलन सुरु गरेका हुन् ।
दुई वटै मेडिकल कलेजका आन्दोलनमा उत्रिएका नर्सहरूले न्यूनतम पारिश्रमिक वृद्धिको माग गरेका छन् । उनीहरूले अस्पताल महँगो तर नर्स सस्तो भएको गुनासो गरेका छन् ।

आन्दोलनमा उत्रिएका स्वास्थ्यकर्मीहरूले यो तलब वृद्धिको लडाइँ मात्र नभएर स्वास्थ्यकर्मीको सम्मान, पेसागत सुरक्षाको माग पनि भएको बताएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरका निजी स्वास्थ्य संस्थाहरूलाई सरकारी पाँचौं तहका कर्मचारीसरह नर्स तथा प्यारामेडिक्सहरूलाई पारिश्रमिक र सुविधा दिन स्पष्ट निर्देशन जारी गरेको थियो ।

तर, मन्त्रालयको यो निर्देशनलाई निजी अस्पतालले मानेका छैनन । न्यूनतम पारिश्रमिक माग्दा जागिरबाट निकालिदिने धम्की आएको आन्दोलनमा उत्रिएका नर्सहरूको गुनासो छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?