+
+
Shares

जेनजी अहिले त्रसित छन्, डेरा छोडेर भाग्नु पर्ने अवस्था छ : ओली

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २ गते १५:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेन–जी अहिले त्रसित अवस्थामा रहेको बताएका छन्।
  • उनले भने, 'जेन–जीको नाम लिइयो, जेन–जी कस्तो अवस्थामा छन्? कहाँ बसेका छन्? के खाँदैछन्?'
  • ओलीले जेन–जीको नाम भजाएर अहिले गैरसंवैधानिक सरकार निर्माण गरिएको बताए।

१ कात्तिक, काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेन–जी अहिले त्रसित अवस्थामा रहेको बताएका छन्।

आइतबार आयोजित पत्रकार सम्मेलनमा निवर्तमान प्रधानमन्त्री ओलीले ड्र्यागनका ट्याँटु खोपेकाहरूले वास्तविक जेन–जीलाई धम्क्याउने गरेको बताएका हुन्। उनले जेन–जीहरू डेरा छोडेर भाग्नु पर्ने अवस्थामा रहेको समेत दावी गरे।

‘जेन–जीको नाम लिइयो, जेन–जी कस्तो अवस्थामा छन्? कहाँ बसेका छन्? के खाँदैछन्?’ ओलीले भने, ‘उनीहरू अहिले त्रसित छन्। उनीहरू बसेको ठाउँमा अलिक केही फरक कुरा गर्‍यो भने ड्र्यागनका ट्याँटु खोपेकाहरूले घेर्ने गरेका छन्। आन्दोलनमा सहभागी भएका वास्तविक जेन–जीहरू अहिले डेरा छोडेर भाग्ने अवस्था छ।’

उनले जेन–जीको नाम भजाएर अहिले गैरसंवैधानिक सरकार निर्माण गरिएको पनि बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?