News Summary
Generated by OK AI. Editorially reviewed.- अस्ट्रेलियाले भारतसँगको ओडिआई शृंखलाको पहिलो खेलमा ७ विकेटले जित हासिल गरेको छ।
- पहिलो खेल पर्थमा २६ ओभरमा छोट्याइएको थियो र भारतले १३६ रन बनाएको थियो।
- अस्ट्रेलियाले डीएलएस नियम अनुसार १३१ रनको लक्ष्य २९ बल बाँकी छँदै पूरा गरेको छ।
२ कात्तिक, काठमाडौं । अस्ट्रेलियाले भारतसँगको ओडिआई शृंखलाअन्तर्गत पहिलो खेलमा सहज जित निकालेको छ । आइतबार पर्थमा भएको पहिलो एकदिवसीय खेलमा अस्ट्रेलियाले भारतलाई ७ विकेटले पराजित गर्दै श्रृंखलामा १–० को अग्रता लिएको हो ।
पटकपटक वर्षाका कारण रोकिएको खेल २६ ओभरमा छोट्याइएको थियो । टस हारेर पहिले ब्याटिङ गरेको भारतले ९ विकेट गुमाउँदै १३६ रन बनाएको थियो।
केएल राहुलले ३८ र अक्सर पटेलले ३१ रन जोडे। अष्ट्रेलियाका बलरहरूमध्ये जोश हेजलवुड, मिचेल ओवेन र म्याथ्यू कुह्नेमानले दुई-दुई विकेट लिए भने मिचेल स्टार्क र नेथन एलिसले एक-एक विकेट लिए।
डीएलएस नियम अनुसार १३१ रनको लक्ष्य पाएको अस्ट्रेलियाले २९ बल बाँकी छँदै तीन विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो। कप्तान मिचेल मार्स ४६ रनमा अविजित रहे । जोश फिलिपले ३७ रन बनाए । म्याट रेन्शह २१ रनमा अविजित रहे।
शृंखलाको दोस्रो खेल बिहीबार हुनेछ ।
प्रतिक्रिया 4