
३ कात्तिक, काठमाडौं । नेपाल प्रहरीले कुकुर तिहारको अवसरमा आज सोमबार आफ्ना तालिम प्राप्त कुकुरहरुको पूजा गरेको छ ।
केनाइन कार्यालय महाराजगञ्जमा सोमबार बिहान पूजाआज गर्दै प्रहरीले कुकुर तिहार मनाएको हो । अघिल्ला वर्षहरुमा नेपाल प्रहरीले धुमधामका साथ कुकुर तिहार मनाउने गरेकोमा यो वर्ष भने सामान्य रुपमा मनाएको छ ।
जेनजी आन्दोलनको क्रममा प्रहरीतर्फ ठूलो क्षति भएको र धेरै कार्यालयहरु समेत तोडफोड र आगजनी भएका थिए, सुरक्षाका दृष्टिले अझै पनि चुनौतीपूर्ण रहेको भन्दै प्रहरी हेडक्वाटरले हरेक कार्यक्रम सामान्य रुपमा मात्रै मनाउन निर्देशन दिएको थियो । सोही अनुसार केनाइन कार्यालयले आज सामान्य रुपमा कुकुर तिहार मनाएको हो ।
अपराध अनुसन्धानमा खटिँदै आएका कुकुरहरु मध्येबाट यो वर्ष घुङ्ग्रु कुकुर उत्कृष्ट घोषित भएको छ । उक्त कुकुरलाई मेडल प्रदान गरिएको छ । घुङ्ग्रुका ह्याण्डलरले प्रमाणपत्र ग्रहण गरेका थिए । घुङ्ग्रुले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट हुने गाँजा तस्करी अपरेशनमा सहयोग गरेको छ ।
घुङ्ग्रुकै कारण हवाई मार्ग हुँदै नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुक जाने गाँजा भएको थियो ।
प्रतिक्रिया 4