
News Summary
Generated by OK AI. Editorially reviewed.- बलिउड फिल्म 'दिलवाले दुल्हनियाँ ले जाएँगे' आज ३० वर्ष पुगेको छ र यो महाराष्ट्रको मराठा मन्दिरमा लगातार प्रदर्शन हुँदै आएको छ।
- यो फिल्मले शाहरुख खान र काजोललाई प्रसिद्धि दिलाएको छ र आधुनिक हिन्दी रोमान्सलाई पुनःपरिभाषित गरेको छ।
- सन् २०२५ मा लन्डनको लेस्टर स्क्वायरमा फिल्मको एक दृश्यको मूर्ति अनावरण गरिएको थियो र यसको गीतलाई बीबीसीले ९० को दशकको सबैभन्दा लोकप्रिय घोषणा गरेको थियो।
काठमाडौं । सन् ९० दशकको हिट बलिउड फिल्म ‘दिलवाले दुल्हनियाँ ले जाएँगे’ रिलिज भएको आज सोमबार ठीक ३० वर्ष पुगेको छ ।
छोटकारीमा ‘डीडीएलजे’ भनिने यो फिल्म बलिउडमा सबैभन्दा लामो समय प्रदर्शन हुन फिल्म समेत बनेको छ । महाराष्ट्रको मराठा मन्दिरले यो फिल्मलाई ३० वर्षदेखि लगातार प्रदर्शन गर्दै आइरहेको छ ।
३ दशक पुगेको अवसरमा हलले विशेष सेलिब्रेसन समेत गर्दैछ । सन् १९९५ मा रिलिज भएको यो रोमान्टिक फिल्मसँगै अभिनेता शाहरुख खान र अभिनेत्री काजलले पनि प्रसिद्धी पाए ।
आदित्य चोपडा निर्देशित यो फिल्म आधुनिक हिन्दी रोमान्सलाई पुनःपरिभाषित मात्र गरेन, भारतीय सांस्कृतिक घटना समेत बन्यो । युरोप यात्राको क्रममा प्रेममा परेका दुई गैरआवासीय भारतीय राज र सिमरनको कथाले एक पुस्तालाई प्रभावित तुल्यायो र विश्वव्यापी चर्चित बन्यो ।
रिलिज भएदेखि नै मुम्बईको मराठा मन्दिरमा दैनिक प्रदर्शन हुँदै आएको छ, जसले नयाँ र लामो समयदेखिका प्रशंसकलाई आकर्षित गरिरहेको छ ।
सन् २०१५ मा केही समय र सन् २०२० मा कोरोना महामारीका कारण अस्थायी रूपमा बन्द भए पनि, यसको निरन्तर लोकप्रियताको कारण हलले अहिले पनि प्रदर्शन गरिरहेको छ ।
यो फिल्मको प्रभाव भारतभन्दा बाहिर पनि फैलिएको छ । यसका अन्तर्राष्ट्रिय प्रशंसक म्याटिनी शोको अनुभव लिन मुम्बईको यात्रा गर्छन् ।
३ दशक पछि पनि, डीडीएलजेको प्रेम र पारिवारिक परम्पराका विषयवस्तु सान्दर्भिक छन् । यसका प्रतिष्ठित संवाद र संगीत अझै पनि भारतको पप संस्कृतिको हिस्सा हुन् ।
यसको सफलताले अन्य बलिउड प्रेम कथाको लागि मार्ग प्रशस्त गर्न मद्दत गर्यो र शाहरुख खान र काजोललाई भारतीय सिनेमाको सबैभन्दा मनपर्ने अनस्क्रिन जोडीहरू मध्ये एकको रूपमा स्थापित गर्यो ।
फिल्मबारे सम्झिँदै काजोलले आफू र आफ्ना सहायक कलाकारले फिल्मको यतिविधि विरासतको कल्पना पनि गरेका थिएनन् । जुलाईमा टाइम्स अफ इन्डियासँगको कुराकानीमा, उनले रमाइला छायांकन दिनहरूको सम्झना गरिन् ।
सन् २०२५ को सुरुमा, लन्डनको लेस्टर स्क्वायरमा फिल्मको एक प्रसिद्ध दृश्यलाई सम्मान गर्न एउटा मूर्ति अनावरण गरिएको थियो, जसले गर्दा यो बेलायतमा यो विशिष्टता प्राप्त गर्ने पहिलो भारतीय चलचित्र बनेको थियो ।
यो फिल्मको गीत ‘तुझे देखा तो ये जाना सनम’लाई बेलायती प्रसारण संस्था बीबीसीले हालै गरेको सर्वेक्षणमा ९० को दशकको सबैभन्दा लोकप्रिय गीतको घोषणा गरेको थियो ।
प्रतिक्रिया 4