
News Summary
Generated by OK AI. Editorially reviewed.- कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट बेलौरी नगरपालिका–३ का ७० वर्षीय श्रीप्रसाद आचार्यको मृत्यु भएको छ।
- आचार्य साइकल चढेर बुटावारीबाट ढक्का शिविरतर्फ जाँदै थिए र उनको शव बेलौरी–५ बन्तरियास्थित सडकखण्डमा फेला परेको हो।
- प्रहरीले शव परीक्षणका लागि बेलौरी प्राथमिक स्वास्थ्य केन्द्र लगिएको छ र घटनास्थलमा खोजतलास गरिएको थियो।
३ कात्तिक, महेन्द्रनगर। जङ्गली हात्तीको आक्रमणबाट कञ्चनपुरमा आज एक वृद्धको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सागर बोहराका अनुसार मृत्यु हुनेमा बेलौरी नगरपालिका–३ बुटावारीका ७० वर्षीय श्रीप्रसाद आचार्य रहेका छन् । वृद्ध आचार्य साइकल चढेर बुटावारीबाट ढक्का शिविरतर्फ आइरहेका थिए ।
‘बेलौरी नगरपालिका–५ बन्तरियास्थित बेलौरीबाट ढक्का शिविर जाने पक्की सडकखण्डमा साइकलसँगै आचार्यको शव फेला परेको हो’, उनले भने ।
प्रहरी नायव उपरीक्षक बोहराका अनुसार खोजतलास गर्ने क्रममा पुष्पलाल स्मृति सामुदायिक बनमा आचार्यको शव भेटिएको हो।
शव परीक्षणका लागि प्रहरीले बेलौरीस्थित प्राथमिक स्वास्थ्य केन्द्र लगिएको छ।
प्रतिक्रिया 4