
News Summary
Generated by OK AI. Editorially reviewed.- यसवर्षको तिहारको लक्ष्मीपूजाको दिन देशभित्रको विद्युत् उच्च माग एक हजार ६५० मेगावाट रेकर्ड गरिएको छ।
- नेपाल विद्युत् प्राधिकरणले लक्ष्मीपूजाको दिन विद्युत् मागलाई देशभित्रैका विद्युतगृहबाट उत्पादन गरी आपूर्ति गरिएको बताएको छ।
- यस वर्ष लक्ष्मीपूजाको दिन काठमाडौँ उपत्यकाको पिक डिमाण्ड एक हजार ६५० मेगावाट रेकर्ड भएको छ, जुन गत वर्षको भन्दा धेरै हो।
३ कात्तिक, काठमाडौं । यसवर्षको तिहारको लक्ष्मीपूजाको दिन देशभित्रको विद्युत् उच्च माग (पिक डिमाण्ड) एक हजार ६५० मेगावाट रेकर्ड गरिएको छ ।
लक्ष्मीपूजाको दिन आइतबार साँझ ६:५० बजे पिक डिमाण्ड एक हजार ६५० मेगावाट रेकर्ड गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
गत वर्षको १६ कात्तिकमा परेको लक्ष्मीपूजाको दिनको विद्युत् पिक डिमाण्ड एक हजार ६०२ मेगावाट रेकर्ड गरिएको थियो । गत वर्षको भन्दा यसवर्ष लक्ष्मीपूजाको दिन पिक डिमाण्ड ४८ मेगावाट बढी हो ।
तिहारमा उद्योग, कलकारखानाहरु बन्द हुने भएकाले रेकर्ड गरिएको पिक डिमाण्ड औद्योगिक ग्राहकबाहेकको भएको प्राधिकरणको भनाइ छ । लक्ष्मीपूजाको दिनको पिकको विद्युत् मागलाई देशभित्रैका विद्युतगृहहरुबाट उत्पादन गरी आपूर्ति गरिएको थियो ।
देशभित्रको विद्युत् मागलाई पूरा गरी बढी भएको १ हजार १५ मेगावाट विद्युत् पिक समयमा भारततर्फ निर्यात गरिएको छ । गत वर्ष लक्ष्मीपूजा पिक समयमा २५३ मेगावाट निर्यात गरिएको थियो ।
लक्ष्मीपूजाको दिन निर्यातसहित प्रणालीमा समग्र विद्युत्को माग २ हजार ६६५ मेगावाट रेकर्ड गरिएको छ । गत वर्ष प्रणालीको पिक डिमाण्ड एक हजार ८५५ मेगावाट थियो ।
यस वर्ष लक्ष्मीपूजाको दिन काठमाडौँ उपत्यकाको पिक डिमाण्ड १हजा ६५० मेगावाट रेकर्ड गरिएको छ । गत वर्ष ३९० मेगावाट थियो ।
प्रतिक्रिया 4