+
+
Shares

व्यवसायिक हिट फिल्म ‘१२ गाउँ’ ओटीटीमा

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ४ गते ११:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • २०८१ सालको व्यवसायिक हिट फिल्म ‘१२ गाउँ’ नेपाली ओटीटी प्लेटफर्म ‘सिनेमाघर’मा तिहारको अवसरमा रिलिज भएको छ।
  • दर्शकले २९९ रुपैयाँमा विश्वभरबाट गुगल प्ले स्टोर, एप स्टोर, एन्ड्रोइड टिभी लगायतबाट फिल्म हेर्न सक्नेछन्।
  • निर्देशक विराज भट्टले कथा लेखेका फिल्ममा समीर भट्ट, न्यान्सी खड्का, सनिशा भट्टराई लगायत कलाकारको अभिनय छ।

काठमाडौं । विराज भट्टको ’१२ गाउँ’ ओटीटी प्लेटफर्म ’सिनेमाघर’मा रिलिज काठमाडौं । २०८१ सालको व्यवसायिक हिट फिल्म ‘१२ गाउँ’ ओटीटी प्लाटफर्ममा रिलिज भएको छ ।

तिहार अवसरमा नेपाली ओटीटी ‘सिनेमाघर’ले फिल्म दर्शकमाझ ल्याएको हो । लक्ष्मीपूजाको अवसरमा सोमबार बेलुका फिल्म रिलिज गरियो ।

दर्शकले २९९ रुपैयाँमा विश्वभरबाट प्लाटफर्ममा फिल्म हेर्न सक्नेछन् । गुगल प्ले स्टोर, एप स्टोर, एन्ड्रोइड टिभी, अमेजन फायर टिभी, सामसुङ स्मार्ट टिभी, एलजी वेबओएस लगायतमा सिनेमा घर एप डाउनलोड गरी तथा क्रोमकास्ट गरेर पनि सहजै हेर्न सकिन्छ ।

वेब ब्राउजरमार्फत कम्प्युटरमा पनि यो फिल्म हेर्न सकिने सुविधा रहेको प्रेषित विवरणमा उल्लेख छ ।

विराज भट्ट निर्देशित फिल्ममा समीर भट्ट, न्यान्सी खड्का, सनिशा भट्टराई, दीया मास्के, अर्जुनजंग शाही, कनिज कोइराला लगायतको अभिनय छ ।

कथा स्वयं निर्देशक समेत रहेका भट्टले लेखेका हुन् भने पटकथा र संवाद सन्तोष सरकारले लेखेका हुन् । द्वन्द्व निर्देशन दक्षिण भारतीय ख्यातिप्राप्त निर्देशक सिल्भाले गरेका हुन् ।

‘तिहार माहोलमा दर्शकलाई मनोरञ्जन प्रदान गर्न गरिएको यो डिजिटल रिलिजले नेपाली फिल्म उद्योगलाई डिजिटल प्लाटफर्मतर्फ उन्मुख गराउने नयाँ कदमको रूपमा हेरिएको छ’ सिनेमाघरले विज्ञप्तिमा भनेको छ ।

यसअघि उक्त एपमा ‘पिताम्बर’, ’होस्टेल ३’, ’गाउँ आएको बाटो’, ’फेरी रेशम फिलिली’ लगायतका दर्जनौँ फिल्म रिलिज भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?