
४ कात्तिक, काठमाडौं । सरकारले आज बिभिन्न ७ दलसँग संवाद गर्दैछ ।
प्रधानमन्त्री सुशीला कार्की उक्त संवादमा हुनेछिन् । प्रधानमन्त्री कार्कीको सचिवालयका अनुसार आगामी निर्वाचनका सन्दर्भमा आज सात राजनीतिक दलसँग संवाद गर्न लागिएको हो ।
संवाद दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा हुनेछ ।
कार्कीले प्रधानमन्त्री भएपछि पहिलो पटक राजनीतिक दलहरूसँग सामूहिक छलफल गर्न लागेकी हुन् । कार्की जेनजी आन्दोलनको जगमा प्रधानमन्त्री बनेकी हुन् ।
यसअघि प्रधानमन्त्री कार्की राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेको सर्वदलीय बैठकमा भने सहभागी भएकी थिइन् ।
खासगरी नेकपा एमालेले आगामी फागुन २१ गते तोकिएको निर्वाचन हुन नसक्ने निष्कर्ष निकालेको छ । उसले निर्वाचन हुन नसक्ने निष्कर्ष निकाल्दै संसद् पुर्नस्थापनाको माग राखेको छ ।
यो बेला हुन लागेको संवाद्मा विभिन्न दलका तर्फबाट सहभागी हुँदैछन् ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापा र प्रवक्ता डाक्टर प्रकाश शरण महत जानेछन् ।
नेकपा एमालेका महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली सहभागी हुनेछन् ।
नेकपा माओवादी केन्द्रबाट पम्फा भुसाल र वर्षमान पुन जाँदैछन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्ले र सचिवालय सदस्य सोविता गौतम सहभागी हुँदैछन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)-महामन्त्री राजेन्द्र गुरुङ र प्रवक्ता मोहन श्रेष्ठ जाँदैछन् ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र कार्यकारिणी सदस्य प्रकाश अधिकारी तथा जनमत पार्टीका अध्यक्ष सीके राउत सहभागी हुनेछन् ।
प्रतिक्रिया 4