+
+
Shares

डाइभर्सन बनेपछि यस्तो देखियो बीपी राजमार्ग (तस्वीरहरू)

बाढीले क्षतिग्रस्त बीपी राजमार्गमा कच्ची बाटोमा यात्रा गर्दा आनन्ददायी भने छैन । तर साना–ठूला गाडीहरु भने चल्ने हुँदा केही हदसम्म भए पनि सुविधा भने पुगेको छ ।

कपिल कोइराला कपिल कोइराला
२०८२ कात्तिक ५ गते १९:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बाढीले क्षतविक्षत बीपी राजमार्गमा डाइभर्सन बनाएपछि यातायात आवागमन पहिलेको तुलनामा सहज बनेको छ।
  • गत वर्ष असोज ११ र १२ गतेको अविरल वर्षासँगैको बाढीले बीपी राजमार्गका विभिन्न खण्डमा क्षति पुर्‍याएको थियो।
  • यस वर्ष असोज १७ र १८ गते आएको बाढीले डाइभर्सन बगाएपछि फेरि यातायात अवरुद्ध भयो र असोज २४ गतेदेखि पुनः डाइभर्सन बनाएर सवारी सञ्चालन गरिएको छ।

५ असोज, काठमाडौं । बाढीले क्षतविक्षत पारेको बीपी राजमार्गमा डाइभर्सन बनाएपछि यातायात आवागमन पहिलेको तुलनामा सहज बनेको छ ।

यद्यपि कच्ची बाटोमा यात्रा गर्दा आनन्ददायी भने छैन । तर साना–ठूला गाडीहरु भने चल्ने हुँदा केही हदसम्म भए पनि सुविधा भने पुगेको छ ।

गत वर्ष असोजमा ११ र १२ गतेको अविरल वर्षासँगैको बाढी पहिरोले बीपी राजमार्गको विभिन्न खण्डमा क्षति पुर्‍याएको थियो।

क्षति पुगेका ठाउँमा डाइभर्सन बनाएर यातायातका साधन सञ्चालन गरिए पनि यसै वर्षको असोज १७ र १८ गते आएको बाढीले त्यो डाइभर्सन बगाएपछि फेरि यातायात अवरुद्ध भएको थियो। त्यही ठाउँमा फेरि डाइभर्सन बनाएर असोज २४ गते अपराह्नदेखि सवारी साधन सञ्चालन गरिएको थियो ।

बीपी राजमार्ग अन्तर्गत काभ्रेको दाप्चा पुलदेखि मंगलटार खण्डमा डाइभर्सन मर्मतपछि बनेको बाटो तस्वीरमा हेर्नुहोस् :

 

लेखक
कपिल कोइराला

कोइराला काभ्रेमा रहेर पत्रकारिता गर्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?