+
+
Shares

तिहार नमनाउने रुकुमपूर्वको मैकोट गाउँ

वडाध्यक्ष वीरमान कामीका अनुसार पुर्खादेखि नै यो गाउँमा तिहार नमनाउने परम्परा चलिआएको हो ।कामीका अनुसार, उनको समुदायमा हिन्दु र क्रिस्चियन दुवै आस्थाका मानिस छन्।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ६ गते १५:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रुकुमपूर्वको पुथाउत्तरगंगा पाउँपालिका -१ मा वर्षौंदेखि तिहार नमनाउने परम्परा छ र स्थानीय हिन्दु र क्रिस्चियन दुवैले तिहार मनाउँदैनन्।
  • स्थानीयहरू तिहारको साटो खेतबारी, गोठ मर्मत र जाडो कटाउने तयारीमा व्यस्त हुन्छन् र तिहारलाई प्राथमिकता दिँदैनन्।
  • छिमेकी जिल्लाका सांस्कृतिक समूहले देउसी–भैलो खेल्न गए पनि गाउँलेहरूले तिहार नमनाउने परम्परा कायम राखेका छन्।

रूकुमपूर्व देशभर तिहारको रौनक छ। गाउँदेखि सहरसम्म देउसीभैलोको स्वर गुञ्जिएको छ । तर रुकुमपूर्वको पुथाउत्तरगंगा पाउँपालिका -१ बासिन्दा भने वर्षौंदेखि तिहार मनाउँदैनन्।

वडाध्यक्ष वीरमान कामीका अनुसार पुर्खादेखि नै यो गाउँमा तिहार नमनाउने परम्परा चलिआएको हो ।कामीका अनुसार, उनको समुदायमा हिन्दुक्रिस्चियन दुवै आस्थाका मानिस छन्।

क्रिस्चियन धर्म मान्नेहरूलेतिहार नमनाउनु स्वाभाविक होतर हिन्दुहरू पनि तिहार मनाउँदैनन् । ‘यो चलन पुर्खाले नै नमान्ने गरेको कारण हो,’ कामीले भने

हिमशृङ्खलाको फेदीमा बसेको यो वडा प्राकृतिक रूपमा कठ्याङ्ग्रिने चिसो क्षेत्र होहिमालको छायाँमा रहेको भएकाले यो समय वडावासीका लागि सबैभन्दा व्यस्त मानिन्छ

खेतबारी, गोठ, मालसामान सबै जोहो गर्नुपर्छचिसो सुरु भइसकेको हुन्छ, त्यसैले तिहारको रमझमभन्दा पनि जाडो कटाउने तयारी मुख्य काम हुन्छ

स्थानीयहरू यसबेला हरियो घाँस काटेर सुकाउने, गोठ मर्मत गर्नेलेकमा रहेका गाईवस्तु घरतिर झार्ने काममा व्यस्त हुन्छन्तिहार आएकोगएको हामीलाई मतलब हुँदैन, वडाध्यक्ष कामीले बताए

मैकाटका स्थानीय अमरजन पुनमगर पनि त्यही कुरा दोहोर्‍याउँछन्पुर्खादेखि नै तिहार मनाउने चलन यहाँ थिएन

करिब चार वर्षअघि एकपटक गाउँका युवाहरूले तिहारको प्रयास गरेका रहेछन्तर त्यसपछि फेरि नमाउने निर्णय भए छ,’ पुनमगरले भने, ‘हाम्रो लागि यस समय खेतबारीमा धेरै काम हुने भएकाले सबैले तिहारभन्दा कामलाई प्राथमिकता दिन्छौं

गाउँका युवायुवतीले भने अहिले सहरमा देखिने तिहारको झल्को देखेपछि उत्सुकता प्रकट गर्न थालेका छन्केही युवाले तिहार के हो भनेर खोज्न थालेका छन्, पुनले बताए

छिमेकी जिल्ला बागलुङको निसिखोला गाउँपालिकाका भानसिङ बुढामगररक्तिम सांस्कृतिक अभियान’का सदस्य हुन्उनीहरू यस वर्ष मैकाट गाउँमा देउसीभैलो खेल्न गएतर बुढामगरका अनुसार गाउँलेहरूले परम्परागत रूपमा तिहार नमाउँदो रहेछन्तिहार नमनाए पनि हाम्रो समूहले गाउँलेसँग मिलेर गीत, कवितानृत्य प्रस्तुत गर्‍यौं’ उनले भने, त्यहाँको पाहुना सत्कार गर्ने चलन भने साँच्चिकै सिक्ने खालको छ।

स्थानीयको दैनिक जीवन हिमाल, खेतगोठसँग गाँसिएको छ। त्यसैले तिहारको उज्यालोभन्दा पनि उनीहरूका लागि हिउँदको तयारी नै साँचो पर्वजस्तै बनेको

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?