+
+
Shares

प्रतापलाई भाइटीका लगाइदिँदै एलिना : दाजुबहिनी भनेर प्रमाणित गर्नुपर्ने हाम्रो समाज

सामाजिक सञ्जालमा यी दुईबीच अफेयरको हल्ला चलेको थियो । हल्लालाई चिर्न उनले पटक पटक स्टाटस लेख्दै आएकी थिइन् भने दुवैले सँगै तिहार म्युजिक भिडियो पनि ल्याएका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ७ गते ९:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गायिका एलिना चौहान र गायक प्रताप दास अमेरिकामा सांगीतिक कार्यक्रमको क्रममा तिहार मनाएका थिए।
  • एलिनाले सामाजिक सञ्जालमा प्रतापलाई भाइटीका लगाएको भिडियो पोस्ट गर्दै दाजुभाइ भएको प्रमाणित गर्नुपर्ने समाजको कुरा उल्लेख गरिन्।
  • उनीहरूले अमेरिकामा तिहार गीत पनि ल्याएका थिए र प्रशंसकलाई शुभकामना दिइन्।

काठमाडौं । गायिका एलिना चौहान र गायक प्रताप दास सांगीतिक कार्यक्रमको सिलसिलामा पछिल्लो महिना अमेरिकामा थिए ।

आफूहरू स्वदेश फर्किन लागेको जानकारी एलिनाले सामाजिक सञ्जालबाट दिएकी छन् । यता आउनुअघि उनीहरूले अमेरिकामै तिहार मनाए ।

एलिनाले प्रतापलाई भाइटीका लगाइदिएकी छन् । उनले यसको जानकारी सामाजिक सञ्जालमा भिडियो र फोटो पोस्ट गर्दै दिएकी छन् ।

सामन्यतया पर्व मनाएको फोटो र भिडियो सामाजिक सञ्जालमा सबैले हाल्छन् । तर, एलिना र प्रतापको मित्रता सामाजिक सञ्जालमा चर्चाको विषय बनेको थियो ।

सामाजिक सञ्जालमा यी दुईबीच अफेयरको हल्ला चलेको थियो । हल्लालाई चिर्न उनले पटक पटक स्टाटस लेख्दै आएकी थिइन् भने दुवैले सँगै तिहार म्युजिक भिडियो पनि ल्याएका थिए ।

आरोप र आशंकाको खण्डन गर्दै एलिनाले फेसुबकमा प्रतापलाई भाइटीका लगाइदिएको भिडियो पोस्ट गरेकी छन् । क्याप्सनमा लेखिएको छ, ‘ दाजु बहिनी जस्तो पवित्र सम्बन्धमा पनि दाजुबहिनी हो भनेर प्रमाणित गर्नुपर्ने हाम्रो समाज ।’

‘ह्याप्पी भाइटीका’ भन्दै उनले प्रशंसकलाई तिहारको शुभकामना दिएकी छन् । अमेरिकामा छँदै उनीहरूले दाजुभाई भएको प्रमाणित गर्न तिहार गीत ल्याएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?