News Summary
Generated by OK AI. Editorially reviewed.- दार्चुलाको मार्मा गाउँपालिका–३ मा जिप दुर्घटनामा ३४ वर्षीय करबिर सिह ठगुन्नाको मृत्यु भएको छ।
- कैलालीमा मोटरसाइकल दुर्घटनामा २९ वर्षीय अनुप चौधरीको उपचारका क्रममा मृत्यु भएको छ।
- कैलालीको गौरीगंगा नगरपालिका–८ मा मोटरसाइकल र छाडा पशु ठोक्किँदा दुई जना घाइते भएका छन्।
७ कात्तिक, धनगढी। कैलाली र दार्चुलामा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ भने तीन घाइते भएका छन् । बिहाबार र शुक्रबार भएका छु्ट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
शुक्रबार बिहान दार्चुलाको मार्मा गाउँपालिका–३ मा लटिनाथबाट सारसीतर्फ जादै गरेको सु.प.प्र.०१–००१ज १६६२ नम्बरको जिप दुर्घटना भएको छ।
दुर्घटनामा परेर जिप धनी मार्मा गाउँपालिका–३ बग्देखोला बस्ने ३४ वर्षीय करबिर सिह ठगुन्नाको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर जोराले बताए। उनकाअनुसार जिप सडकबाट करीब दुई सय मिटर तल खोलामा खसेको छ।
ठगुन्नाको उपचारका क्रममा लटिनाथ स्वास्थ्य चौकीमा मृत्यु भएको हो। यस्तै कैलालीमा पनि मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । जोशिपुर गाउँपालिका–३ को भितरीयामा सु.प.प्र. ०१–००११५.५८७१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ।
डीएसपी जोराकाअनुसार दुर्घटनामा भजनी नगरपालिका–६ को महादेउली बस्ने २९ वर्षीय अनुप चौधरीको मृत्यु भएको हो। चौधरीको कोहपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो।
कैलालीको गौरीगंगा नगरपालिका–८ मसुरियास्थित पुर्व–पश्चिम राजमार्गमा सुपप्र ०२००३ प९५१० नम्बरको मोटरसाइकल छाडा पशु चौपायासँग मोटरसाइकल ठोक्किदा दु्ई जना घाइते भएका छन्।
घाइते हुनेमा मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–३ बस्ने २९ वर्षीय देव नारायण चौधरी र पछाडि सवार ४७ वर्षीय जनक चौधरी रहेका छन् । उनीहरुको मसुरियामा रहेको निर्जल क्लिनिकमा उपचार भईरहेको छ भने छाडा चौपायाको भने घटनास्थलमै मृत्यु भएको छ।
गौरीगंगा नगरपालिका–१० को उदासीपुरस्थित भित्री सडकखण्डमा कैलारी गाउँपालिका–८ को भङ्गाह बस्ने ७१ वर्षीय छोटेलाल चौधरीले चलाएको व्याट्री चार्ज गर्ने साइकल अनियन्त्रित भएर दुर्घटना भएको छ।
दुर्घटनामा उनी घाइते भएका छन् । चौधरीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया 4