८ कात्तिक, काठमाडौं । अर्घाखाँचीबाट बुटबल जाँदै गरेको गाडी दुर्घटना भएको छ ।
छत्रगंजबाट बुटवलका लागि छुटेको लु१ज ५४५२ नम्बरको फोर्स गाडी अर्घाखाँचीकै छत्रदेव गाउँपालिका-५ डाँडाचौपारीमा दुर्घटना भएको हो ।
गाडी सडकमै पल्टिएको थियो । दुर्घटनामा ९ जना घाइते भएका छन् । उनीहरुलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क पठाइएको प्रहरीले जनाएको छ ।
दुर्घटना भएको गाडी सडकमै छ । गाडि हटाएर सडक सञ्चालनका लागि प्रहरी टोली खटिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4