+
+
Shares

सुरू भयो दिदीभाइको पर्व समाचकेवा

१५ दिनसम्म खेलिने समाचकेवा कात्तिक पूर्णिमाको दिन विधिपूर्वक पूजापाठ गरी बिसर्जन गरी यो पर्वको समापन हुने थारू संस्कृतिविद् भुलाइ चौधरीले बताए।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ८ गते ११:१९
Photo Credit : दिनेश चौधरी
समाचकेवा बनाउँदै थारू महिला।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • समाचकेवा पर्व पूर्वी तराईका थारू समुदायमा भाइटीकाबाट सुरु भएर १५ दिनसम्म मनाइन्छ र कात्तिक पूर्णिमामा पूजापाठ गरी समापन हुन्छ।
  • थारू संस्कृतिविद् भुलाइ चौधरीले समाचकेवालाई थारू इतिहास र दिदीभाइ प्रेमको प्रतीक भएको उल्लेख गरे।
  • समाचकेवाको कथा गरभा राजा र उनकी छोरी समासँग सम्बन्धित छ, जसले वनवास र भाइसँगको वियोगान्त कथा समेट्छ।

८ कात्तिक, काठमाडौं। दाजुभाइ तथा दिदीबहिनीको प्रेमको प्रतीक मानिएको समाचकेवा पर्व सुरु भएको छ।  समाचकेवा पर्व भाइटीकाको दिनदेखि पूर्वी तराईमा बसोबास गर्ने आदिवासी थारू समुदायको घर, टोलछिमेकगाउँगाउँमा सुरू भएको छ ।

१५ दिनसम्म खेलिने समाचकेवा कात्तिक पूर्णिमाको दिन विधिपूर्वक पूजापाठ गरी बिसर्जन गरी यो पर्वको समापन हुने थारू संस्कृतिविद् भुलाइ चौधरीले बताए।

उनले भने, ‘ समाचकेवा थारूको इतिहास, सभ्यता र पहिचान बोकेको गाथा हो। यसले थारू समाजको यथार्थ चित्रण, दिदीभाइप्रतिको प्रेम दर्साउँछ। समाचकेवा किसनभूषण सेनको यथार्थ कथा हो।जसले त्यतिबेला दरवारमा छोरीलाई वनबास दिँदाको पीडा र भाइको वियोगान्त कथा संग्रहीत छ।

उनका अनुसार समाचकेवा सामाजिक चरित्र भएका विभिन्न पात्रहरूको सामाजिक, आर्थिक, सांस्कृतिक तथा मानसिक प्रवृतिको उजागर गर्छ।  जितियामा माइती आएका दिदीबहिनीहरू दाजुभाइलाई प्रत्येक दिन साँझमा गीतिकाव्यमार्फत आशिर्वाद, दीर्घायूको कामना गर्दै समा खेलेर एक महिनापछि बल्ल आफ्नो घर फर्किने उनको भनाइ छ । 

समा कृष्णको छोरी हो भन्‍ने प्रश्नमा उनी प्रतिवाद गर्दै भन्छन्, ‘समा कृष्णको छोरी होइनन्। यी सब काल्पनिक र कपोकल्पित कुरा हो। यो गर्भा राजा र किसनभूषण सेनक यथार्थ घटना हो। यो थारूको इतिहास हो। तराईमा कुनैबेला थारू जमिनका मालिक थिए, राजा थिए। सम्पन्न राजाले कुरौटेको जालझेलमा रेर छोरीलाई दिको ववासको गाथा र दिदीभाइको प्रेमको दर्दनाक कथा छ, जुन अहिले पनि समाजमा छोरीचेलीमाथि कुरा काट्नेरूको कमी छैन। दिदीभाइको प्रेम देख्न नसक्‍नेहरू चुगली लगाउनेहरू धेरै छन्

उनका अनुसार समाचकेवाको इतिहास थारूको रगतसँगको सम्बन्ध छ । यो इतिहासमा थारू राजाहरूको कहानी समेटिएको छ । सामा राजाकी छोरी थिइन्। बुवाको आदेशलाई पालना गर्न घरबाट वनबास जानु पर्‍यो। भाइले फकाउँदा पनि नमानेर वनवास बसिन्, उनी भन्छन्, ‘ दिदीभाइको वियोगान्तको गीतिकाव्यमा समेटिको सामा चकेवाको आफ्न मौलिक परम्परा गीत र संगीत छ । त्यसकारण यसको महत्व थारू समाजमा धेरै छ।’

तराईमा बसाइसराइसँगै थारू समाजसँग अन्य जातिहरू पछि आएसँगै उनीहरूले पनि थारू संस्कृति अंगाल्दै गएको र समाचकेवा पर्व उनीहरूले पनि स्वीकार गरेको उनी ठोकुवा गर्छन्।  भन्छन्, ‘ तराईमा पहिला थारू समाजको मात्रै बसोबास थियो । उसको आफ्नै सभ्यता, संस्कृति र समाज थियो। समाचकेवा थारूको प्राचीनकालीन सभ्यता र संस्कृति हो। पछि तराइमा थारूसँग मिलेर जुन जुन समुदाय बस्न आए। उनीहरूले थारू संस्कृति अंगाले। त्यसको उदाहरण चौठीचान, जितिया र समाचकेवा हो।’

के हो समाचकेवाको इतिहास ?

थारू संस्कृतिविद् भुलाई चौधरीका अनुसार करिब दुई हजार वर्ष पहिले गरभ देशमा गरभा नामक राजा थिए । उनकी रानीको नाम आदम्बत्ती थियो । सातौं शताब्दीताका राजा सालिक बाहन थिए । उनको दरबार कुराले भरिपूर्ण थियो।

नाचगानदेखि रेखदेख गर्ने रखबारीसम्‍म । उनका सात भाइ छोरा साम र बहिनी समा थिइन् । समाको विवाह त्यतिबेलाका सेन वंशीय राजा चक्रवातसँग भएको थियो। समाको सानैमा विवाह भएकाले उनी माइती अर्थात् बुवाकै दरबारमा बस्थिन् । दरबारमा विभिन्न मानिस आउजाउ गर्ने गर्दथे। एक दिन समालाई देखेर डाहा गर्ने चुगला (कुरौटे)ले राजालाई कुरा लगाइदिए

दरबारमा छोरीको कुरा राजासमक्ष पुगिसकेपछि राजाले छोरीलाई दरबारबाट निकालिदिएसमा बाध्य भएर वनबासमा जानुपर्‍यो । जब समाका सात भाइले बहिनीलाई घरबाट निकालेर वनबास पठाएको थाहा पाए, उनीहरु सातै भाइ बहिनी समालाई लिन जंगल गए। जंगल पुग्दा बहिनी समा चराको रुपमा थिइन् ।

बहिनी चरा भएको देखेर भाइहरुले वियोगान्त स्वरुप बहिनीको माया नपाएपनि अर्को जन्ममा समा-चकेवाको रुपमा जन्मिन पाउँ भन्दै फर्किए । त्‍यही दिनदेखि भाइ-बहिनीको प्रतीकको रुपमा समाजमा समा-चकेवा मनाउन थालिएको जनविश्वास छ ।

यता, समाजले राजालाई छोरीलाई निकालेर ठीक नगरेको भन्‍दै गरभा राजालाई गीतमार्फत गुनासो र चुगला (कुरौटे)लाई गाली गर्न थालेको मान्यता छ । 

समाचकेवाको इतिहासबारे उनी गरभा राजा-रानी, दिदी-भाइको लोक गीतिकाव्य यसरी सुनाउँछन् :

केहेन गौरव हे गरभा रजा (राजा)

सगरे भेलौ उपहास

चुगलाके चुगलीमे

पैरके बेटीके देलह वनबास

पर वचन विमोचन हे रजा (राजा)

तोरे भेलौ उपास

माइ-बाप टुटल छुटल

बेटीके लैहराके छुटल आश !

अर्थात्

कस्तो गौरव थियो तिम्रो है गरभा राजा

सबै ठाउँ भयो तिम्रो उपहास

कुरौटेको कुरामा परेर

छोरीलाई दियौ वनबास

अरुको बोली सुन्यौ है राजा

तिमीलाई नै भयो उपास

समाको आमा-बुवा छुट्यो

छोरीलाई माइतीसँग टुट्यो आश

समा-चकेवामा पात्र को-को हुन्छन् ?

१. समाचकेवा

राजा गरभाकी छोरी समाचकेवा, जसलाई बुवाको रिसको कारण वनबास जानु परेको थियो । उनी जंगलमा चरा बनेर बसेकी थिइन्। पछि आफ्ना सातै जना भाइले उनलाई जंगलबाट ल्‍याउने पहल गरेपनि आउन भने सकिनन्। त्यसैको प्रतीकको रुपमा समालाई लौकिक देवताको रुपमा थारु समाजमा पुज्‍ने गरिन्छ ।

२. बिरदाबोनी

यो जंगल हो । जहाँ समासचेवा चराको रुपमा यही बस्‍ने गर्दथिन् । उनलाई वनमा धेरै दु:खकष्ट झेल्नु परेको थियो ।

३. चुगला

राजा गरभाको दरबारमा काम गर्ने र कुरा लगाउने व्यक्ति हुन् चुगला । उनको काम नै समाको बारेमा नराम्रो सन्देश राजाकहाँ पुर्‍याउने हुन्छ ।

उनकै कारण समा वनबास जानुपर्ने अवस्था आउँछ । त्यही कारण चुगलालाई समाजमा कुरौटे भनेर राखिन्छ । उनलाई कमजोर पात्रका रुपमा देखाइन्छ । त्यहीकारण प्रत्‍येक साँझ समाज बिगार्ने कुरौटे ‘चुगला’को विरोध स्वरुप दिदीबहिनीहरुले जुँगा डढाउने गर्दछन् पूर्णिमा नआउन्जेलसम्‍म

४. मौहौतिया/हात्ती

अदौकालमा तराईमा घनघोर जंगल थियो । त्यतिबेला जंगलमा विभिन्‍न प्रकारका जनावरहरु बस्दथे । तर राजाहरुले दरबारमा हात्ती पाल्‍ने गर्दथेसमाको रेखदेखको लागि थारु राजाले हात्ती राखेका थिए । कतै सवारी जानुपर्दा सवारी साधन थिएन । सडकहरु व्‍यवस्थित थिएन।

राजाहरु हात्तीमा चढेर जान्‍थेथारुहरुको राजपाट यसरी नै चलेको थियो । उनीहरु आफैंले दरबारमा हात्ती पाल्थे र सवारीमा त्यही प्रयोग गर्दथे। हात्ती समात्ने, पाल्‍नेचढ्‍ने परम्परा अहिले पनि चित्तवनमा महतो (जसले हात्ती समात्थ्यो अदौकालमा) थारुहरुले जोगाएर राखेका छन् ।

५. मालिन

दरबारमा मालिनको काम बगैँचाबाट राम्रो-राम्रो फूल लिएर आउने र पूजाको लागि तयारी गरिदिने हुन्छ । समाको लागि त्यतिबेला दरबारमा उनै मालिनले फूल लिएर आउँथिइन्

६. कुत्ता/कुकुर

कुकर निक्कै इमान्दार र रेखदेख गर्ने उत्तम जनावर भएकाले राजाले छोरी समाको सुरक्षाका लागि कुकुर राखेका थिए । दरबारमा हुँदासम्‍म कुकुरले समाको सुरक्षा गर्ने गर्द्थयो

७. नाह खैबैया

त्यो जमानामा पुलपुलेसा नभएपछि राजादेखि रङ्कसम्‍म सबै ढुंगामै चढेर वारपार गर्ने गर्दथे। राजाले छोरी ढुंगामै वारपार गर्थिन्।

८. तितिर

जंगलमा समा चरा भएर बस्नु पर्दा उनको मिल्‍ने साथीको रुपमा थिइन् तितिर । तितिर एक प्रकारको चराको नाम हो । तितिर समाको सबैभन्दा प्‍यारो थियो ।

९. नटुवा

दरबारमा पौराणिक गीत/गोलहैन, धुमरा नाँच त्यतिबेला सुनाउन नटुवा अर्थात नाचगान गर्ने व्यक्ति हुन्थे। उनीहरुलाई नाच देखाउनुपर्ने हुन्थ्यो।

१०. न्‍याक्दी भलाजी /जोकर, ढोलकिया/झाइल बजिया

दरबारमा हँसाउने व्‍यक्तिको पनि महत्वपूर्ण भूमिका हुन्थ्यो त्यतिबेला । त्यही भएर जोकरले दरबारमा हास्य व्‍यंग्यको काम गर्ने गर्दथे । जोकरले समालाई दरबारमा हुँदा हँसाउने र हँसाउने काम गर्दथ्यो।

१२. भमरा रञ्जित

भमराको काम दरबारमा चारैतिर घुमेर रेखदेख गर्ने हुन्छ ।

कोसेली दिएर समाचकेवाको बिदाइ

दिदी-बहिनीहरुले पूर्णिमाको भोलिपल्ट समाचकेवालाई दही चिउरा खुवाएर नजिकको दह, पोखरी वा नदीमा सेलाउने गर्दछन् । त्यसअघि उनीहरुले केराको पातमा चोखो दही चिउरा, मिष्ठान्न परिकार दिएर बाँस वा जुटबाट बनेको एक प्रकारको हलुँगो वस्तु (सन्ठी)को मन्दिरमा राखेर बिदाइ गरिन्छ ।

सखी/बैहैनपा लगाउने परम्परा

दिदी-बहिनीहरुले सख/बैहनपा (मितिनी) लगाउने र दाजुभाइले भाइजी/बगैरिया अर्थात् मित लगाउने चलन रहेको छ । उनीहरुले सखी/बैहैनपाको र मितको जोडी पनि समाचकेवाको जस्तै युगगुगान्तर चलोस् भनेर मित-मितिनी लगाउने गर्छन् । थारु समुदायमा सद्भाव र सहिष्णुताको भाव कायम राख्‍न यो परम्पराको शुरुवात गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?