+
+
Shares

विवादमा मुछिएपछि खगेन्द्र सुनारबारे थप छलफल जारी

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ९ गते १३:२०

९ कात्तिक, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री सिफारिस भएका खगेन्द्र सुनारको नाममा विवाद भएपछि अहिले छलफल चलिरहेको छ ।

उच्च स्रोतका अनुसार, उनलाई मन्त्रीको शपथ खुवाउने कि नखुवाउने भन्नेबारे अहिले छलफल भइरहेको हो । प्रधानमन्त्री सुशीला कार्कीले सुनारसहित अन्य तीन जनालाई मन्त्री सिफारिस गरेकी थिइन् ।

तर, सुनारविरुद्ध विभिन्न अभियोगमा मुद्दा दर्ता भएका र उनी प्रहरीको फरार सूचीमा रहेको देखिएको थियो ।

उनीविरुद्ध अहिले सामाजिक सञ्जालमा चौतर्फी आलोचना भइरहेको छ ।

अन्य मन्त्रीहरूमा डा. सुधा शर्मा गौतम, गणपति लाल श्रेष्ठ र बब्लु गुप्ता छन् । गौतमलाई स्वास्थ्य तथा जनसंख्या, गुप्तालाई युवा तथा खेलकुद मन्त्रालय र श्रेष्ठलाई भूमिसुधार मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?