News Summary
Generated by OK AI. Editorially reviewed.- बेलायतमा सञ्चालन भएको ‘एक्सरसाइज क्यामब्रेन पेट्रोल २०२५’ मा नेपाली सेनाको टोलीले सर्वोत्कृष्ट अंकसहित स्वर्ण पदक जितेको छ।
- प्रधानसेनापति अशोकराज सिग्देलले सैनिक मुख्यालयमा उक्त टोलीलाई प्रधानसेनापति प्रशंसा निशान प्रदान गरेका छन्।
- यस अभ्यासमा ३३ राष्ट्रका ११७ टोली सहभागी थिए र नेपाली सेनाले सन् २०१७, २०१९ र २०२४ मा पनि स्वर्ण पदक जितिसकेको छ।
९ कात्तिक, काठमाडौं । बेलायतमा सञ्चालित ‘एक्सरसाइज क्यामब्रेन पेट्रोल २०२५’ मा स्वर्ण पदक जित्ने नेपाली सेनाको टोली सम्मानित भएको छ ।
सर्वोत्कृष्ट अंकसहित स्वर्ण पदक जित्ने टोलीलाई आज आइतबार सैनिक मुख्यालय जंगी अड्डामा आयोजित एक कार्यक्रमबीच प्रधानसेनापति अशोकराज सिग्देलले ‘प्रधानसेनापति प्रशंसा निशान’ प्रदान गरेका हुन् ।
उक्त अभ्यासमा सहभागी ९ प्रतियोगी र १ व्यवस्थापक गरी १० जनालाई सम्मान गरिएको हो ।
२३ असोजदेखि २५ असोजसम्म बेलायतको वेल्स ब्रेकनमा सञ्चालन भएको उक्त पेट्रोलमा सर्वोत्कृष्ट अंकसहित नेपाली सेनाले स्वर्ण पदक प्राप्त गरेको थियो ।
उक्त अभ्यासमा बेलायतसहित ३३ राष्ट्रका ११७ टोली सहभागी थिए । सन् १९६० देखि वार्षिक रूपमा सञ्चालन हुँदै आएको अन्तर्राष्ट्रिय स्तरको यो प्रतियोगितामा सन् २०१४ देखि नेपाली सेनाले भाग लिँदै आएको छ ।
दुई दिनभित्र हतियार र करिब ५० पाउन्ड बराबरको उपकरण तथा बन्दोबस्तीका समानसहित ५० किलोमिटर दूरी पार गर्नेपर्ने यो अभ्यासमा सहभागी हुने टोलीको विभिन्न तयारी, खबर संकलन, घाइते बिरामीको व्यवस्थापन लगायतका दक्षताहरू परीक्षण गरिन्छ ।
यसअघि नेपाली सेनाले सन् २०१७, २०१९ र २०२४ मा पनि स्वर्ण पदक प्राप्त गरेको थियो ।
प्रतिक्रिया 4