+
+
Shares

सहभागी हुन नसक्ने भन्दै गगनले मागे छठ आयोजकसँग माफी

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १० गते १०:०६

१० कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सार्वजनिक कार्यक्रमहरूमा सहभागी हुन नसक्ने भन्दै माफी मागेका छन् ।

उनले छठ पर्वको अवसरमा आयोजना भइरहेका कार्यक्रममा सहभागिताका लागि आमन्त्रण गरेका आयोजकसँग माफी मागेका हुन् ।

‘यो वर्ष दशैं, तिहार र नेपाल सम्वत् जस्तै छठका सार्वजनिक कार्यक्रमहरूमा सहभागी हुन नसक्ने भएकाले क्षमा चाहन्छु’, फेसबुकमार्फत् शुभकामना दिँदै थापाले भनेका छन्, ‘मलाई निम्तो गर्नु भएका काठमाडौं र मधेशका सबै छठ आयोजक मित्रहरूलाई हार्दिक आभार प्रकट गर्दछु ।’

उनले अर्को वर्ष एकसाथ छठ पर्व मनाउने अभिलाषासमेत व्यक्त गरेका छन् । ‘अर्को वर्ष सँगै छठ मनाउने अभिलाषासहित छठी माईको दिव्य आशीर्वाद सबैमा रहोस्,’ महामन्त्री थापाले लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?