News Summary
Generated by OK AI. Editorially reviewed.- फ्लाइ नेपा ट्राभल्सको आयोजनामा अमेरिकाका विभिन्न सहरमा चलेको सांगीतिक कार्यक्रम ‘अब सुन्छ अमेरिका’ समापन भएको छ।
- सन् २०२५ का अगस्टदेखि अक्टोबरसम्म न्यूयोर्क, डालस, बोस्टन लगायत ११ सहरमा कार्यक्रम आयोजना गरिएको थियो।
- संयोजक विनोद अधिकारीले कार्यक्रम अत्यन्त सफल भएको र आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्ने बताए।
काठमाडौं । फ्लाइ नेपा ट्राभल्सको आयोजनामा अमेरिकाका विभिन्न सहरमा चलेको सांगीतिक कार्यक्रम ‘अब सुन्छ अमेरिका’ समापन भएको छ ।
सन् २०२५ का अगस्ट, सेप्टेम्बर र अक्टोबर महिनामा अमेरिकाको न्यूयोर्क सिटी, टेक्सासको डालस, न्यूयोर्कको नायगरा फल्स, बोस्टन, न्यू ह्याम्पसायर, बाल्टिमोर, सिनसिनाटी ओहायो, शिकागो, एक्रोन ओहायो, कोलम्बस ओहायो, कोलोराडो, सन फ्रान्सिस्को सहरमा कार्यक्रम आयोजना गरिएका थिए ।
३ महिना लामो सांगीतिक कार्यक्रममा गायकहरू बद्री पङ्गेनी, प्रताप दास र एलिना चौहानले दर्शकलाई गीतमार्फत् मनोरञ्जन गराए ।
कार्यक्रम भएका ठाउँमा दर्शकको बाक्लो उपस्थिति रहेको आयोजकले जनाएको छ । तीज नलाग्दै अमेरिका पुगेका कलाकारले तीज हुँदै दशैं तिहारसम्मका चाडमा दर्शकलाई मनोरञ्जन दिए ।
संयोजक विनोद अधिकारीले गर्मी मौसम सकिँदो र चिसो मौसम सुरु हुने अत्यन्त अनुकूल मौसम भएका महिनामा अमेरिकाको पूर्वदेखि पश्चिममा रहेका नेपालीसम्म पुगेको जानकारी गराएका छन् ।
‘समग्रमा कार्यक्रम परिकल्पना गरे जस्तै अत्यन्त सफलतापूर्वक सम्पन्न भएको छ र आफूले कलाकार मित्रसँग गरेको शर्त तथा बाचा बमोजिमको सम्पूर्ण जिम्मेवारी पूरा गरेको छु’ उनले भने ।
उनले आगामी दिनमा पनि यसैगरी नेपाल र नेपालीलाई जोड्ने कार्यक्रमका लागि मन, वचन र कर्मले लागिपर्ने बताएका छन् ।
प्रतिक्रिया 4