+
+
Shares

सरिफाको भाउ बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १० गते १२:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार सोमबार सरिफाको औसत मूल्य १ सय ८२ रुपैयाँ पुगेको छ।
  • सरिफाको मूल्य आइतबारको तुलनामा १९ रुपैयाँले वृद्धि भएको छ।
  • सरिफामा पाइने म्याग्नेसियम र पोटासियमले रक्तचाप नियन्त्रणमा मद्दत पुर्‍याउँछन् र यो भिटामिन 'ए' को राम्रो स्रोत हो।

१० कात्तिक, काठमाडौं । स्थानीय बजारमा सरिफाको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले सोमबार सरिफाको भाउ बढेको देखाएको हो ।

समितिको तथ्यांक अनुसार सोमबार कालीमाटी बजारमा सरिफा प्रतिकिलो थोकमा न्यूनतम १ सय ७० देखि अधिकतम २ सय रुपैयाँमा किनबेच भइरहेको छ । औसत मूल्य  १ सय ८२ रुपैयाँ छ ।

हिजो आइतबार सरिफा प्रतिकिलो थोकमा न्यूनतम १ सय ५० देखि अधिकतम १ सय ८० र औसत १ सय ६३ रुपैयाँमा किनबेच भएको थियो । आइतबारको तुलनामा आज सोमबार सरिफाको औसत मूल्य १९ रुपैयाँ बढेको छ ।

३० असोजमा सरिफा प्रतिकिलो थोकमा न्यूनतम १ सय २० देखि अधिकतम १ सय ४० र औसतमा १ सय ३० रुपैयाँमा किनबेच भएको थियो ।  सरिफा, जसलाई सिताफल वा कस्टर्ड एप्पलको नामले पनि चिनिन्छ । यो विशेषगरी गर्मी मौसममा पाइन्छ ।

विशेषज्ञका अनुसार यसमा पाइने म्याग्नेसियम र पोटासियम जस्ता खनिज तत्वले रक्तचापलाई नियन्त्रणमा राख्न भूमिका खेल्छ। साथै, यसमा रहेको फाइबरले शरीरमा हानिकारक कोलेस्ट्रोल मात्रालाई घटाएर हृदयघात र स्ट्रोक जस्ता जोखिमबाट बचाउन मद्दत गर्दछ। सरिफा भिटामिन ‘ए’ को पनि राम्रो स्रोत हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?