+
+
Shares

पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट शून्य वैदेशिक व्यापार, काठमाडौंबाट ६३ अर्ब

नियमित अन्तर्राष्ट्रिय उडान हुन नसक्दा दुवै विमानस्थल आन्तरिक उडानमा सीमित छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १० गते १४:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पोखरा र भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा वैदेशिक व्यापार सुरु हुन सकेको छैन।
  • त्रिभुवन विमानस्थलबाट असोजसम्म ६३ अर्ब रुपैयाँ बराबर आयात–निर्यात भएको छ, जसमा आयात ५३ अर्ब २० करोड र निर्यात ९ अर्ब ६९ करोड छ।
  • वीरगञ्ज नाकाबाट कुल आयातको ४६.७५ प्रतिशत र निर्यातको ३६.१८ प्रतिशत व्यापार भएको छ, जुन सबैभन्दा बढी हो।

१० कात्तिक, काठमाडौं । पोखरा र भैरहवास्थित दुई अन्तर्राष्ट्रिय विमानस्थलबाट चालु आर्थिक वर्ष २०८२/८३ पहिलो त्रैमासमा वैदेशिक व्यापार सुरु नै हुन नसकेको देखिएको छ ।

नियमित अन्तर्राष्ट्रिय उडान हुन नसक्दा दुवै विमानस्थल आन्तरिक उडानमा सीमित छन् । जसले गर्दा वैदेशिक व्यापारमा समेत यी विमानस्थलले योगदान दिन नसकेको देखिएको छ ।

भन्सार विभागका अनुसार नेपालमा पहिलो त्रैमासमा कुल २८ भन्सार बिन्दुबाट मात्र अन्तर्राष्ट्रिय व्यापार भएको छ । जसमध्ये विमानस्थल भन्सारको व्यापार काठमाडौंमा मात्र केन्द्रित देखिएको छ ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट भने असोजसम्म ६३ अर्ब रुपैयाँ बराबर आयात–निर्यात भएको छ । यस विमानस्थलबाट ५३ अर्ब २० करोड रुपैयाँ बराबरको वस्तु नेपाल आयात भएको छ भने ९ अर्ब ६९ करोड बराबर वस्तु निर्यात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

अन्य व्यापार भने स्थलमार्गबाटै भएको छ । तीन महिनामा नेपालले कुल ४ खर्ब ६८ अर्बको वस्तु आयात गरेको छ । ७२ अर्ब ७८ करोड रुपैयाँ बराबर वस्तु निर्यात गरेको छ ।

कुन नाकाबाट हुन्छ धेरै आयात–निर्यात ?

तीन महिनाको तथ्यांक अनुसार वीरगञ्ज नाकाबाट सबैभन्दा धेरै आयात–निर्यात हुने गरेको छ ।  यो नाकाबाट २ खर्ब १८ अर्ब ८१ करोडको वस्तु आयात भएको छ । जुन कुल आयातको ४६.७५ प्रतिशत हो ।

यस नाकाबाट २६ अर्ब ३३ करोड रुपैयाँ बराबर वस्तु निर्यात भएको छ । जुन कुल निर्यातको ३६.१८ प्रतिशत व्यापार हो ।

भैरहवा नाकाबाट ७१ अर्ब ६० करोड रुपैयाँको वस्तु आयात भएको छ । ७ अर्ब ४४ करोडको निर्यात भएको छ । विराटनगरबाट ५८ अर्ब ७६ करोडको आयात हुँदा २१ अर्ब ६६ करोडको निर्यात भएको तथ्यांक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?