News Summary
Generated by OK AI. Editorially reviewed.- अन्नपूर्ण आधार शिविर पदयात्रामा वर्षा र हिमपातका कारण पूर्ण रोक लगाइएको छ।
- नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय उद्धारकर्मीको टोलीले फसेका पदयात्री उद्धारका लागि परिचालित भएको छ।
- अन्नपूर्ण गाउँपालिकाले आवश्यक सहयोगका लागि प्रहरी कन्ट्रोल १०० नम्बर वा नजिकको प्रहरी सम्पर्क गर्न भनेको छ।
११ कात्तिक, काठमाडौं । अन्नपूर्ण आधारशिविर पदयात्रामा पूर्ण रोक लगाइएको छ । सो क्षेत्रमा वर्षा र हिमपात भैरहेकाले पदयात्रामा रोक लगाइएको हो ।
सो स्थानमा केही पदयात्रीहरु तल झर्न र माथि उक्लिन सकिरहेका छैनन् । उनीहरुलाई सहजीकरण गर्नका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय उद्धारकर्मी इन्द्र शेरचन थकाली सहितको टोली खटिएको छ । सो टोली अन्नपूर्ण गाउँपालिकासँग समन्वय गरी परिचालित भएको हो ।
उद्धार टोलीका एक सदस्य शेरचनले विभिन्न स्थानमा मानिसहरु फसिरहेको सूचना पाएकाले तिनीहरुलाई उद्धारका लागि आफूहरु परिचालित भएको बताए ।
अन्नपूर्ण गाउँपालिकाले आवश्यक सहयोग वा सूचना चाहिएमा प्रहरी कन्ट्रोलको १०० नम्बर वा नजिकको प्रहरी वा अन्नपूर्ण गाउँपालिकाका प्रतिनिधिहरुलाई सम्पर्क गर्न भनेको छ ।
तस्वीर : पुष्पराज चौलागाईं ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4