+
+
Shares

‘मिस अर्थ’ को ट्यालेन्ट राउन्डमा नेपाललाई स्वर्ण पदक

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ११ गते १३:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिलिपिन्समा जारी मिस अर्थ २०२५ को ट्यालेन्ट राउण्डमा नेपालकी सोनी घलेले स्वर्ण पदक जितेकी छन्।
  • मिस अर्थको अफिसियल इन्स्टाग्रामले सोनीलाई गोल्ड मेडल जितेर पहिलो स्थान हासिल गरेको जानकारी दिएको छ।
  • प्रतियोगिता फिलिपिन्सको मनिलामा ‘द सिल्भर लाइनिङ’ थिममा भइरहेको छ र विजेता ५ नोभेम्बरमा घोषणा गरिनेछ।

काठमाडौं । फिलिपिन्समा जारी सौन्दर्य प्रतियोगिता ‘मिस अर्थ २०२५’को ट्यालेन्ट राउन्डमा नेपालले स्वर्ण पदक जितेको छ ।

मिस नेपाल अर्थ सोनी घलेले प्रतियोगितामा मुलुकको प्रतिनिधित्व गरिरहेकी छिन् । मिस अर्थले अफिसियल इन्स्टाग्राम पृष्ठबाट यसबारे जानकारी दिएको छ ।

बधाइ दिँदै लेखिएको छ, ‘मिस अर्थको ट्यालेन्ट प्रतिस्पर्धामा नेपालकी सोनी घलेले गोल्ड मेडल जित्दै पहिलो स्थान हासिल गरेकी छन् । बधाई छ सोनी, तिमीले नेपाललाई गर्विलो तुल्याएकी छौ ।’

जितसँगै सोनीलाई बधाईको ओइरो लागेको छ । सेयर गरिएका भिडियोमा पनि उनलाई बधाई दिइरहेको देख्न सकिन्छ ।

मिस नेपाल आयोजक संस्था द हिडन ट्रेजरका निर्देशक प्रमोद कंशाकारका अनुसार सोनीले ट्यालेन्ट राउन्डमा ‘फायर ग्रुप’ बाट प्रतिस्पर्धा गरेकी थिइन् । सहभागीलाई विभिन्न समूहमा विभाजन गरेर प्रतिस्पर्धा गराइएको थियो ।

‘द सिल्भर लाइनिङ’ थिमसहित मिस अर्थको २५ औं संस्करण अहिले फिलिपिन्सको मनिलामा चलिरहेको छ । ५ नोभेम्बरमा विजेता घोषणा गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?