+
+
Shares

६२ अंक बढ्यो सेयर बजार, विकास बैंकमा उच्च वृद्धि

तीन कम्पनीको मूल्य १० प्रतिशत बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ११ गते १५:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सेयर बजार मंगलबार ६२.२९ अंकले बढेर नेप्से परिसूचक २५७१ अंकमा पुगेको छ।
  • कारोबार रकम २ अर्ब ७९ करोडबाट ४ अर्ब ५७ करोडमा वृद्धि भएको छ।
  • विकास बैंक समूह सबैभन्दा धेरै ४.४७ प्रतिशतले बढेको छ।

११ कात्तिक, काठमाडौं । मंगलबार सेयर बजार ६२.२९ अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २५७१ अंकमा कायम भएको छ ।

कारोबार खुलेको केही मिनेट बजार रातो देखिए पनि १० मिनेटपछि दिनभर हरियो रह्यो । कारोबार रकममा पनि उच्च वृद्धि भएको छ । अघिल्लो दिन आइतबार जम्मा २ अर्ब ७९ करोडको कारोबार भएकोमा आज ४ अर्ब ५७ करोडको भयो । २३६ कम्पनीको मूल्य बढ्दा १२ को घट्यो भने २ को स्थिर रह्यो ।

विकास बैंक समूह सबैभन्दा धेरै ४.४७ प्रतिशत बढ्यो । बैंकिङ १.९२, फाइनान्स ३.१४, होटल तथा पर्यटन २.८०, हाइड्रोपावर ३.९०, लगानी ३.१९, जीवन बीमा ३.५५, उत्पादन तथा प्रशोधन ०.३७, माइक्रोफाइनान्स २.५९, निर्जीवन बीमा २.५४ र अन्य समूह १.९१ प्रतिशत बढे ।

तीन कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत बढ्नेमा न्यादी हाइड्रोपावर, बुटवल पावर र एक्सल डेभलपमेन्ट बैंक छन् । राधि विद्युतका् ९.६०, लुम्बिनी विकास बैंकको ९.३५, सिंगटी हाइड्रो इनर्जीको ८.२१, फस्र्ट माइक्रोफाइनान्सको ८.१२ प्रतिशत मूल्य बढ्यो ।

हिमालयन पावर पार्टनरको मूल्य सबैभन्दा धेरै ६.३६ प्रतिशत घट्यो । युनिलिभरको ३.८८, बोटलर्स नेपाल बालाजुको ३.७७ प्रतिशत घट्यो ।

आज धेरै कारोबार भएका कम्पनीमा हिमालयन पावर पार्टनर, युनियन हाइड्रोपावर, राधि विद्युत, बुटवल पावर र एनआरएन इन्फ्रास्ट्रक्चर छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?