११ कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग ‘जेनजी युनाइडेट फर परिवर्तन’ का प्रतिनिधिहरूले छलफल गरेका छन् । मंगलबार सिंहदरबारमा ९ जना प्रतिनिधिमण्डलको टोलीसँग प्रधानमन्त्री कार्कीले छलफल गरेको उनको सचिवालयले जनाएको छ ।
छलफलमा जेनजी आन्दोलका घाइते, शहीद परिवारका सदस्यहरू पनि सहभागी थिए ।
उनीहरूले विशेषगरी जेनजीहरूलाई एकताबद्ध राख्नका लागि सरकारका तर्फबाट पहल हुनुपर्ने माग राखेका छन् ।
‘एकताबद्ध राख्नका लागि सरकारका तर्फबाट पहल गरिदिनुपर्यो । किनभने जेनजी विद्रोहबाट उत्पन्न भएको सरकार हो यही सरकारले अभिभावकत्व दिन सक्नुपर्छ भन्ने उहाँहरूको माग थियो,’ प्रधानमन्त्रीको सचिवालयले भनेको छ ।
सो क्रममा प्रधानमन्त्री कार्कीले सरकारको तर्फबाट सकेसम्मको पहल आफूले गर्ने प्रतिबद्धता जनाएकी छिन् ।
‘प्रधानमन्त्रीको तर्फबाट हामीले सबै खालका जेनजीहरूसँग संवाद गरिरहेका छौं । तपाईंहरू पनि लाग्नुस् । हाम्रो तर्फबाट सकेको जति साथ समर्थन रहन्छ,’ उनले छलफलका क्रममा भनेकी छिन् ।
प्रतिक्रिया 4