+
+
WC Series
पोखरा एभेन्जर्स 2025
68/4 (10.1)
VS
५९ बलमा ९८ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

लुबुचेमा हेलिकोप्टर दुर्घटना, पाइलटको उद्धार

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १२ गते ९:०८

१२ कात्तिक, काठमाडौं । सोलुखुम्बुको लुबुचेमा हेलिकोप्टर दुर्घटना भएको छ । आज बिहान अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटना भएको हो ।

ल्याण्ड गर्ने क्रममा चिप्लिएर दुर्घटना भएको सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी लीलाकुमारी केसी पाण्डेले जानकारी दिइन् ।

उनका अनुसार हेलिकोप्टरमा यात्रु थिएनन् । पाइलटको उद्धार गरिएको पाण्डेले जानकारी दिइन् ।

काठमाडौंबाट उद्धारका लागि गएको हेलिकोप्टर दुर्घटना भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?