News Summary
Generated by OK AI. Editorially reviewed.- सोल्टी होटलले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट चुक्ता पूँजीको कुल ३१.५७८९ प्रतिशत लाभांश दिने निर्णय गरेको छ।
- कम्पनीले १६.५७८९ प्रतिशत नगद लाभांश र १५ प्रतिशत बोनस सेयर दिने भएको छ।
- मंसिर २८ गते साधारणसभा बोलाइएको छ र मंसिर ५ गते बुक क्लोज मिति तोकिएको छ।
१२ कात्तिक, काठमाडौं । सोल्टी होटलले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट सेयरधनीलाई चुक्ता पूँजीको कुल ३१.५७८९ प्रतिशत लाभांश दिने भएको छ । जसमा
१६.५७८९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । यो लाभांश करसहित हो । साथै कम्पनीले १५ प्रतिशत बोनस सेयर पनि प्रदान गर्ने भएको छ । यस कम्पनीको सेयरको अंकित मूल्य प्रतिकित्ता १० रुपैयाँ हो । १० रुपैयाँकै आधारमा नगद लाभांश प्रदान हुनेछ ।
कम्पनीले लाभांश प्रस्ताव पारित गर्न साधारणसभा पनि बोलाएको छ । मंसिर २८ गते साधारणसभा बोलाइएको छ । त्यस्तै कम्पनीको बुक क्लोज मिति मंसिर ५ का लागि तोकिएको छ । मंसिर ४ गतेसम्म कायम सेयरधनी साधारणसभामा भाग लिन र लाभांशका लागि योग्य हुनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4