१२ कात्तिक, काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस जारी छ ।
इजलासमा न्यायाधीशहरूले प्रतिनिधिसभा विघटनविरुद्ध अन्तरिम आदेश जारी हुन पर्ने कि नपर्ने ? भनेर बहसकर्तालाई प्रश्न गरेका छन् ।
न्यायाधीश सपना प्रधान मल्लले इजलासबाट सोधिन, ‘अन्तरिम आदेश जारी हुन पर्ने कि नपर्ने ? पर्ने भए के के विषयमा अन्तरिम आदेश दिने ?’
अरू न्यायाधीकै पनि यही प्रश्न रहेका छन् ।
संवैधानिक इजलासमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधिशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्मा रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4